आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ३१, २०७७
|
|
३० पटक हेरिएको
Shares
आफ्नो असफलता ढाकछोप गर्न प्रधानमन्त्रीको मुर्खतापूर्ण दुस्साहसः भिम रावल

सारांश

  • काठमाडौं, असार ३१।
  • राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई सर्वत्र विरोध भइरहेका बेला नेकपा नेता भिम रावलले पनि ओलीको भनाई असान्दर्भिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको बताएका छन् ।
  • अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण भएको उनको भनाई छ ।

काठमाडौं, असार ३१। राम र अयोध्याका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई सर्वत्र विरोध भइरहेका बेला नेकपा नेता भिम रावलले पनि ओलीको भनाई असान्दर्भिक र आफ्नो असफलता ढाकछोप गर्ने मुर्खतापूर्ण दुस्साहस भएको बताएका छन् ।

अहिले जारी भएको नेपालको नयाँ नक्सा र भारत सरकारले बनाएका तटबन्धका विषयमा गम्भिरतापूर्वक वार्ताको थालनी गर्नुपर्ने समयमा अयोध्या कहाँ थियो र राम कहाँ जन्मिए भन्ने विषयलाई विवादका रुपमा प्रधानमन्त्रीले ल्याउनु असान्दर्भिक र गैरजिम्मेवारीपूर्ण भएको उनको भनाई छ ।

प्रधानमन्त्रीको तहबाट यस्तो समयमा यस्ता असान्र्दभिक र तथ्य समेत नभएका विषयहरु आएर विवाद सिर्जना गर्नु जनमतको अपमान र पार्टीका लागि समेत घातक भएको रावलले बताए ।

उनले देशको तत्कालिन आवश्यकता र दुइतिहाई नजिक सरकारले गर्नुपर्ने काम सीमा फिर्ता र भारतले बनाएका तटबन्धका विषयहरु सुल्झाउनुपर्ने भएपनि प्रधानमन्त्रीकै कारण सम्बन्धमा सुधार आउनुको सट्टा झन विग्रन पुगेको टिप्पणी गरे ।

नेता रावलले नेकपाको पार्टी अध्यक्ष समेत रहेका ओलीले कहीबाट यसको तथ्य र प्रमाण फेला पारेकै भएपनि पहिले सरकार, पार्टी र विपक्षी दलहरुसँग पनि छलफल नगरी आफ्नो आलोचनालाई विषयान्तर गर्न जथाभावी भनाई राख्दा नेपाल—भारत प्रबुद्ध समुहको प्रतिवेदनमा भएका विषय,सीमा र तटबन्धका विषय समेत ओझेलमा परेको बताए ।

रावलले आफु गृहमन्त्री हुँदा नेपाल—भारत सम्बन्धका विषयमा बनाएका र गरेका जति काम अहिलका प्रधामन्त्रीले गर्न नसकेको दावी गरे । उनले भारतसँग तत्कालिन सरकारले गरेका विषयहरु स्थायी कमिटीको बैठकमा उठाए आफु जवाफ दिन तयार रहेको भन्दै देशभन्दा पार्टी ठूलो र पार्टी भन्दा व्यक्ति ठूलो भन्ने भ्रमबाट ओली मुक्त हुन नसक्दा अव पार्टी गम्भिर बन्नुपर्ने अवस्था आएको धारणा राखे ।

रावलले भने,‘अहिले रामको सम्बन्ध उठाउने समय थिएन । सीमाका कुरा, १९५० को सन्धीका कुरा गर्दै नगर्ने । कालापानी लिम्पियाधुरा र तराइबाट ध्यान भड्काउने । पार्टीको विरोधबाट भाग्नको लागि प्रधानमन्त्रीले यस्तो असान्र्दभिक विवाद निकाल्नु भयो । भारतसँग वार्ता अब कसरी गर्ने भन्ने बारेमा र जनताका तत्कालिन समस्याहरु बारे नबोल्ने । ध्यान नदिने । बास्तविक समस्याबाट भाग्न खोज्ने । प्रधानमन्त्रीले मनलाग्दी बोल्ने, अनि पराराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्नुपर्ने? प्रधानमन्त्री कार्यलय बोल्नुपदैन?”

प्रधानमन्त्रीको बोलीमा लगाम लगाउनु पर्ने अवस्था आएकाले । विधि विधान अनुसार जानुपर्छ । पार्टीका कमिटीमा छलफल गरौ । कोरोनाबा बेला भएका भ्रष्टाचारलाई कारवाही नगर्ने । ओली सर्वशक्तिमान भएर नेपालमा बस्न सक्नुहुन्छ? बैठकमा नआउने । यस्तो विषयमा विचार गर्नुपर्छ । मैले यस्तो प्रमाण भेटेको छु के गर्ने भनेर सोध्नुपदैन । म पनि महाधिवेशनबाट उपाध्यक्ष भएको हुँ । इश्वर पोखरेलको खै? । हामीसँग अनेकौ विकल्प छ । अख्तियारले हेर्नुपर्छ र कारवाही गर्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बाआमा भैंसी दुहुन गएका बेला पहिरोले पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता
आगलागीबाट अढाइ लाखको क्षति
आगलागीबाट अढाइ लाखको क्षति
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
युवा पलायन रोक्न रोल्पाका स्थानीय सरकारले थाले अभियान
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
३३ किलो सुन काण्डका मुख्य अभियुक्त गोरेलाई प्रहरीले किन भेटाएन!
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
सोमबार शिवको व्रत बस्ने प्रचलन यसरी सुरु भयो
कार्यालय प्रमुख नहुँदा काम प्रभावित
कार्यालय प्रमुख नहुँदा काम प्रभावित
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि इलाम जाँदै कुलमान घिसिङ
भारतीयको लुकीछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु
४५ लागे हास्यकलाकार जितु नेपाल, जन्मदिनको शुभकामना दिदै थाहा पाउनुस् उनको खास कुराहरु

तपाईंले छुटाउनुभयो कि?