एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
एसिया कप छनाैट खेलका लागि १९ सदस्यीय नेपाली टाेलि सार्वजनिक, सरद अाउट सागर इन

सारांश

  • काठमाडाैँ, २४ साउन ।
  • नेपालले अासन्न एसिया कप छनाैट क्रिकेटका लागि अन्तिम १९ खेलाडी सार्वजनिक गरेकाे छ ।
  • कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले संयुक्त रुपमा  विहिबार दिउसाे खेलाडी छनाैट गरेका हुन् ।

काठमाडाैँ, २४ साउन । नेपालले अासन्न एसिया कप छनाैट क्रिकेटका लागि अन्तिम १९ खेलाडी सार्वजनिक गरेकाे छ । कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाले संयुक्त रुपमा  विहिबार दिउसाे खेलाडी छनाैट गरेका हुन् ।

१४ अगस्त देखि बन्द प्रशिक्षणमा जाने खेलाडीमा अनुभवी खेलाडी सरद भष्वाकर पर्न सकेनन् भने सागर पुनले पुनरागमन गरेका छन् । नेदरल्याण्डसँगकाे पहिलाे एकदिवसीय खेलमा घाइते भएका सरदलाई डाक्टरले ४ हप्ता अाराम गर्ने सल्लाह दिएकाे छ ।

काे काे परे त अन्तिम १९ मा

१ पारस खड्का

२ अनिल कुमार शाह

३ बसन्त रेग्मी

४ बिनाेद भण्डारी

५ दिपेन्द्र सिँह एेरी

६ ज्ञानेन्द्र मल्ल

७ करन केसी

८ किशाेर महताे

९ ललित भण्डारी

१० ललित नारायण राजवंशी

११ माेहमद अारिफ शेख

१२ प्रदिप एेरी

१३ राेहित कुमार पाैडेल

१४ सागर पुन

१५ सन्दिप लामिछाने

१६ साेमपाल कामी

१७ सुवाष खकुरेल

१८ सुनिल धमला

१९ सुसन भारी

उत्कृष्ट १९ मा युवा खेलाडीकाे बाहुल्यता रहे पनि अनुभवी खेलाडी पनि उल्लेख्य छन् । खासगरी सागर पुन र प्रदिप एेरीले लामाे समयपछि टिममा स्थान बनाउने साेचमा छन् । सुवाष भने नेदरल्याण्ड विरद्धकाे एकदिवसीय शृंखलाबाट कमब्याक गरेका थिए तर साेचे अनुरुप प्रदर्शन गर्न सकेनन् ।

नेपाली टाेलि एसिया कप छनाैट  प्रतियाेगिताका लागि मलेसिया जानुपूर्व अभ्यासका लागि २० अगस्तमा श्रलंका प्रस्थान गर्नेछ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?