नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज, नयाँ मर्यादाक्रम यस्ताे हुनेछ

सारांश

  • काठमाडाै, ३२ असार ।
  • नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अाफ्नाे भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरेकाे छ ।
  • (नेकपा)ले अनुशासन, लेखा र निर्वाचन आयोगका अध्यक्षको मर्यादा बढाइएको छ ।

काठमाडाै, ३२ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अाफ्नाे भातृ संगठनका पदाधिकारीहरुको मर्यादाक्रम हेरफेर गरेकाे छ । (नेकपा)ले अनुशासन, लेखा र निर्वाचन आयोगका अध्यक्षको मर्यादा बढाइएको छ । यसअघि भातृ संगठनका पदाधिकारीको पार्टीभित्रको मर्यादाक्रम जिल्ला कमिटी सदस्यसरह हुने व्यवस्था थियो ।

नियमावलीमा प्रस्तावित व्यवस्थाअनुसार भातृ संगठनका पदाधिकारीहरु पार्टीका अन्य कमिटीमा रहन नपाउने भनिएको थियो । तत्कालीन एमाले र माओवादी दुबैतिरका भातृ संगठनका पदाधिकारीहरुले विरोध गरेपछि भातृ संगठनका पदाधिकारीको मर्यादाक्रमको बुँदा नै हटाइएको स्रोतले जनाएको छ । अब सबै जनसंगठनका पदाधिकारीहरु कुनै न कुनै पार्टी कमिटीमा संगठित हुनेछन् र, उनीहरु जुन कमिटीमा आवद्ध हुन्छन्, उनीहरुको मर्यादाक्रम पनि सोही कमिटीमा हुनेछ । पहिलेजस्तो भातृ संगठनका पदाधिकारीको छट्टै मर्यादाक्रम अब रहने छैन ।

पार्टीको केन्द्रीय सचिवालयले पारित गरेर प्रकाशनका लागि पठाइएको नियमावलीमा जनसंगठनका पदाधिकारीहरु अनिवार्यरुपमा पार्टी कमिटीमा संगठित हुनुपर्ने व्यवस्था गरिएको छ । यसैवीच अनुशासन, लेखा र निर्वाचन अयोगका अध्यक्षलाई स्थायी कमिटी सदस्य र सचिवलाई पोलिटब्यूरो सदस्यका हैसियतमा बैठकमा सहभागी हुने व्यवस्था नियमावलीमा थपिएको छ । यसअघि आमन्त्रित सदस्यको मात्रै हैसियत दिइएकोमा ती नेताले लिखित असहमति राखेका थिए ।

ठूलो आकारमा तल्ला कमिटी
नेकपामा केन्द्रीय कमिटीको संख्या २९९ बाट ४४१ बनेपछि प्रदेश र जिल्ला कमिटीहरुको आकार पनि बढेको छ । स्रोतका अनुसार जिल्ला कमिटीहरुको सदस्य संख्या न्यूनतम १२५ देखि अधिकतम २२५ सदस्यीय हुने भएको छ ।

संशोधित व्यवस्था अनुसार एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला कमिटी १२५ सदस्यीय हुनेछन् । एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको हकमा एक निर्वाचन क्षेत्र बराबर १० सदस्य थप हुनेछन् । यसो गर्दा सबैभन्दा बढी १० निर्वाचन क्षेत्र भएको काठमाडौंमा २२५ सदस्यीय जिल्ला कमिटी हुनेछ । ६ निर्वाचन क्षेत्र भएको मोरङमा १८५ सदस्यीय जिल्ला कमिटी हुनेछ ।

केन्द्रीय कमिटीको संख्या बढेसँगै प्रदेश कमिटीको संख्या पनि बढेको छ । प्रदेश कमिटीको संख्या न्यूनतम १५१ तोकिए पनि एक निर्वाचन क्षेत्र बराबर २ सदस्य थपिने भएका छन् ।
त्यसो गर्दा सबैभन्दा बढी प्रदेश ३ मा ३३ निर्वाचन क्षेत्रबाट ६६ जना थप हुँदा प्रदेश कमिटी २१७ सदस्यीय हुने भएको छ । प्रदेश २ कमिटी २१५ सदस्यीय हुनेछ । सबैभन्दा कम प्रदेश ६ कमिटी १६३ सदस्यीय हुनेछ ।

महानगर, नगर, गाउँ, वडा र प्रारम्भिक कमिटीको संख्या भने यथावत राखिएको छ । नेकपाको महानगर कमिटी ७५ सदस्यीय, उपमहानगर ६१ सदस्यीय, गाउँपालिका कमिटी ५१ सदस्यीय, वडा कमिटी २५ सदस्यीय र प्रारम्भिक कमिटी १५ सदस्यीय हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदहरु कति बिरामी! ६ महिनामै ६८ लाख सकियो, कस-कसले लिए रकम नाम, सूचिसहित
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
वामदेवकै नेतृत्वमा बसेको एमाले बैठकले गर्यो वामदेवलार्इ झट्का लाग्ने निर्णय
सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने
सावित्रा भण्डारीले पुनः भारतीय क्लबबाट खेल्ने
डीपीएल भिडन्त : काठमाडौंको तेस्रो जित
डीपीएल भिडन्त : काठमाडौंको तेस्रो जित
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
६४ प्रहरी निरीक्षकको बढुवा सिफारिस(सूचिसहित)
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
मैले थालेका काम विद्यासुन्दरले पूरा गर्छन् -केशव स्थापित
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
करन जोहरले रिजेक्ट गरेका कपडा लगाउने हिरो
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)
‘नशा यो कस्तो नशा’ गीतमा श्रेया दिनेशको रोमान्स (भिडियोसहित)
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
घुमुवा प्रहरी हुँ भन्दै रकम उठाउने पर्साबाट पक्राउ
साेमबार नेपालको खेल एस टि क्रस क्रीकेट क्लबसँग, सुवाष र ज्ञानेन्द्रलाई चुनौति

तपाईंले छुटाउनुभयो कि?