नातिले हजुरआमा र बाबुले छोरीलाई बलात्कार गरेको आरोप
सारांश
- काठमाडौ साउन,२५ ।
- १ नम्बर प्रदेशको हिमाली जिल्ला ताप्लेजुङ मा बलात्कारका घटनाहरु बढदो रुपमा छ ।
- ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी मा १७ वर्षकी छोरीलाई ४० वर्षका बाबु ले बलात्कार गरेका छन् ।
काठमाडौ साउन,२५ । १ नम्बर प्रदेशको हिमाली जिल्ला ताप्लेजुङ मा बलात्कारका घटनाहरु बढदो रुपमा छ । ताप्लेजुङको पश्चिमी गाउँपालिका आठराई त्रिवेणी मा १७ वर्षकी छोरीलाई ४० वर्षका बाबु ले बलात्कार गरेका छन् । ४० वर्षका बाबुले छोरीलाई पटक–पटक बलात्कार गरेको र सोही गाउ पालिका-३ मा ५० बर्षकी हजुरआमालाई आफ्नै नातीले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।
उजुरीमा ४०वर्षको बाबुले पटक-पटकआफूलाई बलात्कारगर्ने गरेको १७ वर्षिय छोरीको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछी भागेका बुवालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।अर्को घटना मा हजुरआमालाई बलात्कार गर्ने नातीको पनि खोजि कार्यमा तीब्रता दियको प्रहरीले जनाएको छ ।त्यस्तै आठराई त्रिवेणी गाउँपालिका–१, मा पनि ९ वर्षकी बालिका समेत बलात्कार को शिकार भएकी छिन बालिकालाई १५ वर्षका युवकले बलात्कार गरेको र लुकेर बसेकोअवस्थामा निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
यसरी दिनहुँ बलात्कार का घटना बढ्न थालेपछी ताप्लेजुङका गाउँघरमा बस्ने गाउँवासी समेत त्रसित बनेका छन् ।जिल्ला प्रहरी कार्यालय का अनुसार यो २६ दिन भित्र मात्र ३ओटा बलात्कारका घटना घटेको बताईएको छ।
प्रतिक्रिया