भारतमा बाढीका कारण २२ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • नयाँ दिल्ली, २४ साउन ।
  • भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
  • अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

नयाँ दिल्ली, २४ साउन । भारतको केरला राज्यमा बाढी पहिरोका कारण गत २४ घण्टामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षापछि आएको बाढी पहिरोले अरु कैयौँ बेपत्ता पनि भएको स्थानीय अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् ।

मृत्यु भएकाहरु इडुक्की, मालापुराम, कोझीकोडे वायानाडा र इर्नाकुलाम जिल्लामा रहेका समाचारमा जनाइएको छ ।केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि २६ बर्षमा पहिलो पटक इदुकी जलाशयको चेरुथोनी बाँधका गेटहरू खोलिएको बताउनुभयो । बाढीले बढी क्षति पु¥याएकोले बाँधका गेटहरू खोल्नुपरेको उहाँले बताउनुभएको छ ।

छिल्लो विवरण अनुसार इर्नाकुलाम जिल्लामा थप दुई जनाको मृत्यु भइ कुल मृत्यु हुनेहरुको संख्या २२ पुगेको हो । त्यस अगाडी इडुक्कीमा ११ जनाको, मालापुराममा छ जनाको, कोझीकोडेमा दुई जनाको र वायानाडमा एक जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीले जानकारी दिएका छन् । “तल्लो भूभागमा रहेको अधिकांश ठाउँहरूमा बाढी पसेको छ, पालाक्काड, वायालाड र कोझीकोडे जिल्लामा केही बेपत्ता भएका छन्,” ती अधिकारीले भने ।

“अवरुद्ध भएका हवाइ सेवाहरू पुनः सुरु गर्न लागिएको छ भने मौसमी अवस्थामा सुधार भइरहेको छ,” विमानस्थलका एक अधिकारीले भने । विद्यालय र कलेजहरू बन्द गरिएको स्थानीय टेलिभिजनहरुले बताएका छन् ।
केरला राज्यका मुख्य मन्त्री पिनारायी भिजायानले बाँधहरुमा पानीको मात्रा बढेपछि बाँध खोलिएकाले बाढीले बढी क्षती पुर्याएको बताउनु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
पाकिस्तानको सर्वोच्च अदालतद्वारा पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न आदेश
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
बालुवा झिक्ने क्रममा पुरिएर एकको मृत्यु
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
एमालेको कारण राजपा सरकारमा सहभागि नहुने संकेत
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
धनकुटाको प्रदेश ‘ख’ मा एमालेका पराजुली विजयी
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
चरा वर्षलाई स्वागत गर्दै सोनाम ल्होसार विशेष कार्यक्रम गरी मनाइयो !!
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
ऋण मिनाहको माग गर्दै हजारौ कृषक राजधानीमा
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो
राष्ट्रपति कार्यालयमै अड्कियो अध्यादेश ,कानुन नबन्दा राष्ट्रिय सभा गठनमा अप्ठेरो

तपाईंले छुटाउनुभयो कि?