कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
कांग्रेस नेता लेखकको प्रश्न “प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? ”

सारांश

  • ११ पुस, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा टासिँएर बसेको भन्ने आरोपको खण्डन गरेका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले जनताको जनमत आए अनुसार वैधानिक रुपमा सरकार हस्तान्तरण गर्न चाहे पनि वाधा अवरोध आएको बताए ।

११ पुस, काठमाण्डौ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवा सरकारमा टासिँएर बसेको भन्ने आरोपको खण्डन गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता लेखकले जनताको जनमत आए अनुसार वैधानिक रुपमा सरकार हस्तान्तरण गर्न चाहे पनि वाधा अवरोध आएको बताए ।

 

ठीक समयमा कानुनअनुसार सत्ता हस्तान्तरण गर्न कांग्रेस तयार भएको उनले स्पष्ट पारे । राष्ट्रियसभाको चुनाव नहुँदै सरकार छोडेमा जटिलता उत्पन्न हुने भएकाले तत्काले सरकार छाड्दैमा समस्या समाधान हुने नभै थप राजनीतिक जटिलता आउने लेखकले बताए ।

नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको चुनाव अनिवार्य भएकाले देउवा नेतृत्वको सरकारले राष्ट्रियसभाको गठन गरेर मात्रै सत्ता हस्तान्तरण गर्नुपर्ने संवैधानिक व्यवस्थासमेत भएको उनको दाबी छ ।

संविधानबमोजिमको सरकार प्रतिनिधीसभाले बनाउने भएकाले त्यसका लागि राष्ट्रियसभाको पनि गठन हुनुपर्ने लेखकले बताए ।
“प्रतिनिधीसभाको गठन नभै सडकबाट सरकार बन्छ ? टुडिखेलबाट बन्छ ?” लेखकले प्रश्न गरे । रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?