काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७९
|
|
२७ पटक हेरिएको
Shares
काठमाडौं उपत्यकामा एकैदिन २३ सय ९७ जना सवारी चालकमाथि कारवाही

सारांश

  • ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ ।
  • ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
  • कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् ।

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३९७ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेको आरोपमा सोमबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ९२, लेन अनुशासन पालना नगर्ने ११२, रेड लाइटमा सवारी साधन चलाउने ८३, नम्बर प्लेट देखिने गरी नराख्ने २६ जना सवारी चालक छन् । यस्तै, अन्य कारवाहीमा २ हजार ८४ जना सवारी चालक परेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?