नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु

सारांश

  • काठमाडौं साउन,२६।
  • नेकपा एमाले र ए.
  • माओबादी को पार्टी एकिकरण माथिल्लो तहमा भएता पनि नेकपाले तल्लो तहका कमिटी निर्माणका लागि मापदण्ड बनाइरहेको छ।

काठमाडौं साउन,२६। नेकपा एमाले र ए.माओबादी को पार्टी एकिकरण माथिल्लो तहमा भएता पनि नेकपाले तल्लो तहका कमिटी निर्माणका लागि मापदण्ड बनाइरहेको छ।जसमा जिल्ला र प्रदेशको मापदण्ड बनेको छ । जिल्ला र प्रदेशको मापदण्ड यसरी बनाइएको छ :

प्रदेश १ को कार्यदलमा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्रीकुमार काफ्ले छन् । यो प्रदेशको बन्ने २०७ सदस्यीय कमिटीमा पूर्वएमालेबाट १२२ र माओवादीबाट ८५ जना रहने छन् । जुन कमिटीको अध्यक्षका लागि जगन्नाथ खतिवडा, राम कार्की र सावित्रीकुमार काफ्ले छन् ।

भीम आचार्य प्रदेश १ का तत्कालिन नेकपा एमाले का ईन्चार्ज समेत हुन,मुख्यमन्त्री को लागी तयार भिम आचार्य शेरधन राई सग मुख्यमन्त्री को लागी भएको चुनावमा झिनो मत ले पछाडि परी  मुख्यमन्त्री हुन् बाट बन्चित भयका थिय,तत्कालिन माओबादी का नेता राम कार्की लाई पनी माओवादी ले प्रदेश १ को मुख्य मन्त्री को लागी झापा बाट उम्मेदवार बनाएको थियो तर तत्कालिन चुनावमा नेकपा एमाले को एक्लै बहुमत पुगेको कारण उनि उक्त दौडमा परेनन।अब बन्ने कमीटीको  अध्यक्षका लागि कार्की ,जगन्नाथ खतिवडा र सावित्रीकुमार काफ्ले भन्दा माथि देखीएका छन ।

प्रदेश २ मा बनेको कार्यदलमा सत्यनारायण मण्डल, विश्वनाथ साह, नागेन्द्र चौधरी र प्रभु साह छन् । यहाँ २१५ सदस्यीय समिति बन्नेछ। तर प्रदेश २ मा कसको कति भनेर  टुंगो लागेको छैन ।यो प्रदेश का लागी अध्यक्षका लागि नागेन्द्र चौधरी, शत्रुधन महतो, प्रभु साह, विश्वनाथ सिँह दाबेदार छन् ।

केन्द्रीय बाँडफाँडका अधारमा प्रदेश २ को कमिटीको अध्यक्ष कुन पार्टीको भागमा पर्ने हुन्छ सो कुरा ले पनि प्रदेशको कमिटीको अध्यक्षमा भर पर्ने हुनजान्छ। प्रभु साह प्रदेश २ को कमिटीको अध्यक्षका लागि प्रमुख दाबेदार मानीएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?