अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
सारांश
- भदौ, चितवन ।
- एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ ।
- भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहका बीच क्यान्सर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य.
भदौ, चितवन । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को विस्तारित बैठक भरतपुरमा आइतवारदेखि सुरु हुँदैछ ।
भदौ २० गतेसम्म चल्ने बैठकको एक समारोहका बीच क्यान्सर नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्य.क्रम रहेको छ,
बैठकमा केन्द्रीय समिति, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र राष्ट्रिय परिषद्का गरी करिब ४ सय विद्यार्थी सहभागी हुँदैछन् ।
यसअघि ३ पटकसम्म सरेको बैठकमा शैक्षिक गुणस्तर र विद्यार्थी आन्दोलनको आगामी कार्यदिशाका वारेमा छलफल गरी निष्कर्ष निकालिने महासचिव ऐन महरले जानकारी दिए । उनले २ नम्वर प्रदेशमा हुन लागेको स्थानीय निर्वाचनसँगै प्रदेश र केन्द्रको निर्वाचनका वारेमा पनि बहस गर्ने बताए ।
बैठकमा सहभागी हुन नेकपा एमालेका युवा नेता एवम् विद्यार्थी इञ्चार्ज रवीन्द्र अधिकारी र जनवर्गीय संगठनका मोर्चा फाँट प्रमुख गोर्कण बिष्ट पनि चितवन आउने कार्यक्रम छ ।यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपाल निजामती कर्मचारी संगठन, चितवनको नवनिर्मित सभा भवनको उद्घाटन गर्ने कार्यक्रम पनि तय गरिएको छ । जिल्ला समन्वय समितिको अगाडि रहेको सभाहलको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ/
Binod Kumar Kohli
bhane paxi daro ukhan tukka sunay!