​अमेरिकामा प्लेन अपहरण, सैनिक जहाजले पछ्याएपछि दुघर्टनाग्रस्त

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
​अमेरिकामा प्लेन अपहरण, सैनिक जहाजले पछ्याएपछि दुघर्टनाग्रस्त

सारांश

  • अमेरिकाको वासिङ्टन नजिकैको सिट ट्यक विमानस्थलबाट एक यात्रु बाहक जहाज अपृहत भएको छ ।
  • बलपूर्वक विमानस्थलबाट जहाजले उडान भरे लगत्तै लडाकु जहाजले पछ्याउँदा अपहृत जहाज समुन्द्रको तटमा पुगेर दुर्घटनाग्रस्त हुन पुगेको छ ।
  • घटनामा अपहरणमा संलग्न पाइलटको ज्यान गएको विश्वास गरिएको छ ।

अमेरिकाको वासिङ्टन नजिकैको सिट ट्यक विमानस्थलबाट एक यात्रु बाहक जहाज अपृहत भएको छ । बलपूर्वक विमानस्थलबाट जहाजले उडान भरे लगत्तै लडाकु जहाजले पछ्याउँदा अपहृत जहाज समुन्द्रको तटमा पुगेर दुर्घटनाग्रस्त हुन पुगेको छ । घटनामा अपहरणमा संलग्न पाइलटको ज्यान गएको विश्वास गरिएको छ । रित्तो जहाज भएकाले थप मानवीय क्षति नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

होराईजन एयरको क्यू ४०० जहाज कम्पनीमा कार्यरत एक जहाज मेकानिकले अपहरण गरी बलपूर्वक धावनमार्गबाट उडाएका थिए । एयर ट्राफिक कन्ट्रोलरको कडा चेतावनीबीच अपहरणकारीले बलपूर्वक जहाज उडाएका थिए । लगत्तै अमेरिकी सेनाको लडाकु जहाज एफ–१५ ले पछ्याएको थियो । सुरुमा जहाज मानिसको घना बस्ती भएको क्षेत्रमा प्रवेश गरेको थियो । फाईटर जहाजले जहाजलाई बलपूर्वक घनाबस्ती क्षेत्रबाट समुन्द्रमाथि पु¥याएको थियो ।
जहाजले बलपूर्वक उडान भरेको केही मिनेटभित्रैमा लडाकु जहाजले अपहृत जहाजलाई पछ्याएको थियो । दुई वटा जहाज एउटाले अर्कोलाई लखेट्न थालेको दृष्यले सर्वसधारणमा आतंक फैलिएको थियो । मानव बस्ती क्षेत्रबाट समुन्द्र क्षेत्रमा पुगेको जहाज केट्रोन आईसल्याण्डमा दुर्घटनाग्रस्त हुन पुगेको छ ।

दुर्घटनामा परे लगत्तै जहाजबाट आगोको मुस्लो निस्केको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार पिर्सी काउन्टी निवासी २९ वर्षिय जहाज कम्पनीका मेकानिक, जो सोही कम्पनीमा कार्यरत थिए, ले जहाज अपहरण गरी बलपूर्वक उडाएका थिए । अपहरणकारीको नाम सार्वजनिक गरिएको छैन । डेली मेलका अनुसार एयर ट्राफिक कन्ट्रोलरले लाईफ टाईम जेल सजाय हुने चेतावनी दिए लगत्तै उनले जहाजलाई समुन्द्र तट नजिकैको जंगलमा लगेर ठोक्काएका थिए ।

अपहृत जहाज विमानस्थलबाट करिब २५ माइल पर पुगेर दुर्घटनाग्रस्त भएको हो । ७६ सिट क्षमताको जहाज किन अपहरण गरियो भन्ने खुल्न सकेको छैन । जहाज अपहरणमा सोही कम्पनीमा कार्यरत पाइलटको  संलग्नता रहेको जनाइएको छ । यद्यपि अपहरणको कारण पत्ता लाग्न सकेको छैन । शुक्रबार साँझ ८ः०० बजे जहाजले बलपूर्वक उडान भरेको थियो । प्रत्यक्षदर्शीहरुले जहाज तलमाथि गर्दै आकाशमा उडान भरेको जनाएका छन् । (एजेन्सी)

(https://midnightmusic.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?