राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
राँगाको सिङबाट बाजा-एक महिने ‘गुँला पर्व’ शुरु

सारांश

  • भक्तपुर, २७ साउन ।
  • विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ ।
  • नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

भक्तपुर, २७ साउन । विशेषगरी बौद्ध धर्मावलम्बीले धुमधामका साथ मनाउने एक महिने गुँला पर्व आजदेखि शुरु भएको छ । नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । गुँला पर्वको अवसरमा विशेषगरी नौबाजा बजाउने प्रचलन रहेको छ । पर्व विशेषगरी बौद्धमार्गीको पर्व भएता पनि अन्य धर्मावलम्बीसमेत सहभागी हुने गरेका छन् । पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन भैरवलगायतका देवी देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ ।

बौद्ध धर्मावलम्बी बाहेकका समुदायसमेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।

(kidsrkids.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वराजदूत झाको थापाथलीस्थित घरभित्रै हत्या,अनुसन्धान सुरु
पूर्वराजदूत झाको थापाथलीस्थित घरभित्रै हत्या,अनुसन्धान सुरु
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा
साताको पहिलो दिन सेयर बजार ओरालो
साताको पहिलो दिन सेयर बजार ओरालो
आज माघी र माघे संक्रान्तिको रौनक देशैभर
आज माघी र माघे संक्रान्तिको रौनक देशैभर
‘आफ्नो गाउँ आफैँ बनाऔँ’ का थालनीकर्ता कम्युनिष्ट नेता भरतमेहन प्रकाश सिलवाल काठमाडौँ। कानून व्यवसायबाट सामाजिक क्षेत्रमा लागेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी अर्थतन्त्रका विज्ञसमेत थिए। शनिबार राति ९ः३५ बजे काठमाडौँको ह्याम्स अस्पतालमा ८३ वर्षको उमेरमा निधन भएका नेता अधिकारी मनमोहन स्मृति

भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
भीम रावलले नयाँ पार्टी घोषणा गर्ने पक्का, राजनीतिक भेटवार्तालाई दिए तीब्रता
अन्तरप्रदेश परिषद्को बैठक बस्दै
अन्तरप्रदेश परिषद्को बैठक बस्दै
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?
एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले किन उडाए बेलुन ?