जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
जिल्ला निर्वाचन अधिकारी रायप्रति श्रद्धाञ्जली !

सारांश

  • बर्दिवास, २७ साउन ।
  • जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ ।
  • भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बर्दिवास, २७ साउन । जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख (जिल्ला निर्वाचन अधिकारी) पिङ्की रायको निधनले यहाँ शोक छाएको छ । भारतको दिल्लीस्थित राजीव गान्धी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार ३७ वर्षको अल्पायुमै निधन भएकी रायको पार्थीव शरीरमा आज बिहान जलेश्वरमा जिल्लाका राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि एवं सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका छन् । रायको पार्थीव शरीर जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसरमा आज बिहान ल्याएर राखिएपछि जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसहितका सरकारी अधिकारी, राजनीतिक दल र सामाजिक सङ्घ संस्थाका प्रतिनिधि र सयौँ सङ्ख्यामा सर्वसाधारणले पुष्पगुच्छा अर्पण गर्दै अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । रायप्रति श्रद्धाञ्जली चढाउँदै प्रमुख जिल्ला अधिकारी ढकालले मुलुकले एउटा कर्तव्यनिष्ठ अनुशासित अधिकृत गुमाएको बताए ।

विसं ०३७ सालमा महोत्तरीको जलेश्वर नगरपालिकाको अन्कार बखरीमा जन्मेकी रायले ०६७ मा शाखा अधिकृत पदबाट सेवाप्रारम्भ गरेका थिए । सेवाप्रारम्भदेखि नै जिल्लामा जिल्ला निर्वाचन अधिकारी भएर खटिनुभएकी रायकै कार्यकालमा विसं ०७० को संविधानसभा निर्वाचन र ०७४ मा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको जिल्लावासीले सम्झेका छन् । रायको आजै जनकपुरधामको पवित्र धार्मिकस्थल गङ्गासागर किनारअवस्थित स्वर्गद्वारमा अन्तिम संस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

कार्यालयमा काम गरिरहँदा तीन महिनाअघि अचानक बेहोस भएर लडेपछि रायलाई उपचारार्थ काठमाडाँै लगिएको थियो । काठमाडौँमा उहाँलाई ब्रेनट्युमर भएको पत्ता लागेपछि थप उपचारका लागि भारतको दिल्लीस्थित गङ्गाराम अस्पतालमा शल्यक्रिया गरिएपछि क्यान्सर भएको चिकित्सकले बताएको काका शिवपूजन रायले बताउनुभयो । त्यसपछि रायलाई दिल्लीकै राजीव गान्धी अस्पतालमा उपचार थालिएको थियो । त्यही नै रायको शुक्रबार राति निधन भएको हो । रायका पति र एक छोरा छन् ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Chandra Subedi

    अति द:खद खबर

    Comment Author

    Umesh Yadav

    Hardik sardanjali

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?