चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
५८ पटक हेरिएको
Shares
चीनसँगको करबृद्धि योजना अमेरिकाका लागि घातक !

सारांश

  • साङ्घाई, २७ साउन ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन् ।
  • पछिल्लो समय अमेरिकी करबृद्धिको प्रतिशोध स्वरुप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करबृद्धि गरेको छ ।

साङ्घाई, २७ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि “अमेरिकी सामान खरिद गर्न” दबाब दिनु थियो, तर अमेरिकाबाट वर्षैपिच्छे करोडौं मूल्यको मासु आयात गर्ने चीनको रोजाईमा आजभोलि अरु नै देश पर्न थालेका छन् । पछिल्लो समय अमेरिकी करबृद्धिको प्रतिशोध स्वरुप चीनले अमेरिकाबाट आयात हुने सुँगुर र गाईको मासुमा करबृद्धि गरेको छ । त्यही कारण चिनीया बजारमा अमेरिकी मासुको मूल्य आकासिएको छ । चिनीया आयातकर्ताहरुले स्वाभाविक रुपमा अरु नै स्रोत खोजी गर्न थालेका छन्, र यो प्रवृत्ति अन्य अमेरिकी बस्तुमा पनि देखा पर्न थालेको छ ।

“चिनीया करबृद्धिका कारण अमेरिकी बस्तु ज्यादै महङ्गो भएको छ, र अहिले हामी अरु नै मुलुकबाट आयात गर्न थालेका छौं,” मासु कम्पनी पीएमआई फुड्सका व्यवस्थापक झाङ लिहुईले भने । “हामीले आजभोलि अस्ट्रेलिया, दक्षिण अमेरिका र क्यानडाबाट मासु आयात गर्न थालेका छौं ।” पीएमआई फुड्सले बेइजिङले करबृद्धि गर्न थालेसँगै अमेरिकाबाट सुँगुरको मासु आयात घटाएपछि अमेरिकी मासुको मूल्य एकाएक बढेको छ । करबृद्धिको लडाइँका कारण व्यापारको विश्वव्यापी परिदृश्यमै परिवर्तन ल्याउने सम्भावना देखिएको छ, र यसबाट अरु मुलुकलाई फाइदा पुग्नेछ, झाङले बताए । “चिनीया बजार निश्चित रुपमै प्रतिस्थापन हुनेछ ।”

व्यापारिक युद्धको परिणाम फैलिदै गएमा त्यसको असर प्रक्षेपण गर्न मुश्किल हुनेछ । तर विश्लेषकहरुले अमेरिकी निर्यातकहरुले चिनीया व्यवसाय गुमाउने खतरा औंल्याएका छन् । अमेरिकाले जुन महिनामा मात्र करिब १४ करोड अमेरिकी डलर बराबरको मासुजन्य बस्तु आयात गरेको थियो जुन अमेरिकाबाट हुने कूल मासुजन्य बस्तुको निर्यातको करिब १० प्रतिशत हो । “चीनले मुख्य रुपमा मासु, सोयाबिन, गहुँ र पेट्रोकेमिकल जस्ता बस्तुको आयातमा करबृद्धि गरेको छ किनभने चीनको विश्वासमा यी बस्तु विश्व बजारबाट सहजै आपूर्ति गर्न सकिन्छ,” क्यापिटल इमोनोमिक्समा कार्यरत जुलियन इभान्स–प्रिटचार्डले भने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगन
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
दर्ता भएपनि सञ्चालनमा नरहेका ७० हजार कम्पनी खारेज हुने
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
भरतपुर महानगरपालिकामा एमालेका उम्मेवार देवी ज्ञवाली अगाडि ,रेणु दाहाल दोस्रो स्थानमा !
Manisha Koirala’s striking resemblance to Nargis Dutt in her latest pictures will leave you in splits!
Manisha Koirala’s striking resemblance to Nargis Dutt in her latest pictures will leave you in splits!
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
४७ मतान्तरले भरतपुर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोज रानाभाट विजयी
टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो
टर्कीमा ६ शताब्दी पुरानो मस्जिदलाई स्थानान्तरण गरियो
सालोको कुटाइबाट भिनाजुको मृत्यु
सालोको कुटाइबाट भिनाजुको मृत्यु
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
लिलामीमा राखिएको २३ वर्षे मोडलको ‘कुमारित्व’ २४ करोडमा बिक्यो
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
“कर्णाली प्रदेश” नामकरण गर्ने प्रदेशसभाको निर्णय विवादित, अलग प्रदेशको माग
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु
अरुण चौधरीसँग थालियो बयान, भने- नियमविपरीत भए जग्गा फिर्ता गर्छु