अध्यक्ष दाहालद्वारा स्वास्थ्यलाभको कामना

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • रत्ननगर, २७ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
  • चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहनुभएका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आउनुभएका ७० वर्षीय पौडेललाई आज भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए ।

रत्ननगर, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवनका पुराना कम्युनिष्ट नेता भुवानीप्रसाद पौडेलसँग भेटघाट गरी स्वास्थ्यलाभको कामना गर्नुभएको छ । चार महिनादेखि अन्न नलीको क्यान्सर भएर स्वास्थ्योपचार गरिरहनुभएका भरतपुर नगरपालिका–१० स्थित सिर्जनाचोकमा बस्दै आउनुभएका ७० वर्षीय पौडेललाई आज भेटघाट गरी अध्यक्ष दाहालले सरकारी सहयोगका लागि आवश्यक पहल गर्ने आश्वासन दिए । विसं २०३४ मा नेकपाको सदस्यता लिएका पौडेललाई २०३६÷३७ सालतिर दाहालले नै संगठित गरेका नेपाल कम्युनिष्ट पार्टी ९चौथो महाधिवेशन०का संस्थापक सदस्य पौडेल पूर्वगाविस अध्यक्ष र दिवाकर बालग्राम माडीका संस्थापक सदस्य छन् ।

विसं २०४७ को पार्टी एकीकरणपछि उनी संयुक्त जनमोर्चाको जिल्ला सल्लाहकार भएका छोरा टुकनारायण पौडेलले जानकारी दिए । आज भेटघाटका क्रममा उनीहरुले विगतका राजनीतिक अभियानका दुःखसुख साटेका छोरा टुकनारायणले जानकारी दिए । “राजनीतिक अभियानका क्रममा गाएका गीत बुबाले सम्झाए, अध्यक्ष दाहालले पनि साइकल चढेर माडी पुगेको अनुभव स्मरण गरे”, टुकनारायणले भने । उनको तीन अंशमध्ये जेठो छोरा सन्देश पौडेलको अंश पार्टीलाई दिइएको थियो । चार महिनादेखि भारतको राजीवगान्धी अस्पताल र चितवनको क्यान्सर अस्पतालमा उपचार भएपछि केही स्वास्थ्यमा सुधार भएकाले अहिले उहाँ घरमा नै आराम गरिरहेका थिए । यसैबीच शनिबार चितवन आउनुभएका अध्यक्ष दाहाल पार्टी कार्यकर्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसँग विकास निर्माण र राष्ट्रिय राजनीतिका विषयमा छलफल तथा आन्तरिक कार्यक्रममा सहभागी छन् ।

(nelsonjsalon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?