सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

सारांश

  • टाम्पा, अमेरिका, २७ साउन ।
  • अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था ९नासा० ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ ।
  • यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् ।

टाम्पा, अमेरिका, २७ साउन । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था ९नासा० ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकाँक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन अन्तरिक्ष रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् ।

“तीन, दुई, एक, ब्लास्टअफ” फ्लोरिडास्थित केप कानाभरालबाट डेल्टा–४ रकेट प्रक्षेपणका क्रममा विवरण सार्वजनिक गर्नासाथ हालसम्मकै तीव्र गतिको रकेट स्थानीय समयअनुसार बिहान ३।३१ बजे अँध्यारो आकाशतर्फ उडेको थियो । यस अनुसन्धान मिसनको नाम “पार्कर सोलार प्रोब” राखिएको छ ।

यो मानवरहीत अन्तरिक्ष यान इतिहासमै पहिलोपटक मानव निर्मित बस्तु सौर्य प्रणालीको सबैभन्दा नजिक पुग्नेछ । सात वर्षको यस मिसनअन्तर्गत पार्कर सोलार प्रोब सौर्य वायुमण्डल ९कोरोना० मा प्रवेश गर्नेगरी डिजाइन गरिएको छ ।

यसलाई अतिशत–शक्तिशाली ताप प्रतिरोधकले सुरक्षित गरिएको छ । नासाका वैज्ञानिकहरुका अनुसार, यो अन्तरिक्ष यान सूर्यको सतहबाट ३८ लाख माइलभित्रको क्षेत्रमा प्रवेश गर्नेछ जसलाई कोरोना भनिएको छ । यो क्षेत्र सूर्यको सतहभन्दा ३०० गुणा बढी तातो हुने ठानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’
परित्यक्तहरुप्रति संवेदना जगाउँदै ‘करुणा’
भारतीय जनताले २०२० डिसेम्बरभित्र कोरानाविरुद्धको भ्याक्सिन लगाउन पाउने, नेपालमा कहिले होला ?
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
‘जनयुद्ध’ दिवसमा आज सार्वजनिक बिदा
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
कर्मचारी र सुरक्षाकर्मीले अग्रिम मतदान गर्न सक्ने, मतपत्रमा नो भोटको व्यवस्था (पूर्णपाठ)
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
कश्मिरलाई लिएर भारत–पाकिस्तान किन युद्ध गर्न चाहन्छन्?
बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा
युवकको हत्या आरोपमा दुई जनालाई कारागार चलान
युवकको हत्या आरोपमा दुई जनालाई कारागार चलान
अख्तियारका ७६ प्रतिशत उजुरी फर्छ्याेट !
अख्तियारका ७६ प्रतिशत उजुरी फर्छ्याेट !