केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
२० पटक हेरिएको
Shares
केन्द्रीय कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या

सारांश

  • मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ ।
  • विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् ।
  • कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।

मुलुककै पुरानो कारागारका रूपमा रहेको केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या परेको छ । विसं १९७१ मा स्थापना भएको मुलुककै पुरानो कारागारमा हाल तीन हजार १२९ कैदीबन्दी रहेका छन् । कारागारमा दुई हजार ७४२ पुरुष, ३७८ महिला र नौ नाबालक रहेका छन् ।

केन्द्रीय कारागार विभागका प्रमुख एवं जेलर लक्ष्मीप्रसाद सापकोटा एक हजार ५०० क्षमता भएको कारागारमा दोब्बरभन्दा धेरै सङ्ख्यामा कैदीबन्दी हुँदा समस्या भएको बताउनुहुन्छ । “देशको राजधानी काठमाडौँमा धेरै आपराधिक क्रियाकलाप हुने भएका कारण पनि अपराध गरेर कारागारभित्र आउनेको सङ्ख्या बढी भएको हो”, उहाँ भन्नुहुन्छ ।

केन्द्रीय कारागार परिसरभित्र हाल तीन वटा जेल रहेका छन् । जसमध्ये केन्द्र जेलमा एक हजार ९१०, भद्र जेलमा ८३२ र महिला जेलमा ३७८ कैदीबन्दी रहेका छन् । कारागारभित्र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा विभिन्न किसिमका रोगसमेत लाग्ने गरेको छ । केन्द्रीय कारागार तथा देशका अन्य कारागारमा रहेका कैदीबन्दीको उपचारका लागि जगन्नाथदेवलमा केन्द्रीय कारागार अस्पतालसमेत सञ्चालन भएको छ । उक्त अस्पताल हाल ३० श्ययाको रहेको छ ।

कारागारभित्र रहेका कैदीबन्दीमध्ये सबैभन्दा धेरै अर्थात् ४७९ जना लागुऔषध कारोवारका रहेका छन् । यस्तै ३५७ जबर्जस्ती करणी, १३५ चोरी, ९९ डाँका, ७८ सार्वजनिक अपराध, ७४ ठगी, ४४ ज्यान मार्ने उद्योग, ५२ वन र २८ अपहरण मुद्दामा जेल परेका छन् ।

पछिल्लो समय नेपाल सरकारले कारागारको सुरक्षाका लागि सिसी क्यामरा जडान र विद्युतीय हाजिर जडान गरेको छ । सिसी क्यामरा र विद्युतीय हाजिरको जडानसँगै कारागारभित्रको सुरक्षामा सहज हुने जेलर सापकोटा बताउनुहुन्छ । विभागका अनुसार हाल देशभरका ७२ जिल्लामा ७४ कारागार रहेका छन् । काठमाडौँ र दाङमा दुई÷दुई कारागार रहेका छन् भने भक्तपुर, बारा, धनुषा, पूर्वी नवलपरासी र पूर्वी रुकुममा कारागार छैन ।

हाल देशभरका ७४ वटै कारागारमा पुरुष कैदीबन्दी रहेका छन् भने ५३ कारागारमा मात्र महिला कैदीबन्दी छन् । यस्तै भक्तपुर, कास्की, विराटनगर, मकवानपुर, पर्सा, रुपन्देही, बाँके र डोटीमा भने बालसुधार केन्द्र सञ्चालनमा रहेका छन् । विभागका अनुसार हाल देशभर २२ हजार ६७६ कैदीबन्दी रहेका छन् । देशभर कारागारको क्षमता भने १५ हजार ४६६ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
यदि लोकमानले सक्छन भने कम्तिमा ५० जना भन्दा बढि भ्रस्ट नेताहरुलाई जेल हालेर आफ्नो राष्ट्र भक्ति प्रमाणित गरुन…..
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
युवासंघ नेपाल ,वाईसीएल नेपाल र राष्ट्रिय युवाअभियानको संयुक्त प्रेश बिज्ञप्ति,
चीनमा रहेका नेपालीलाई भाेलि स्वदेश ल्याइँदैँ
चीनमा रहेका नेपालीलाई भाेलि स्वदेश ल्याइँदैँ
‘दुर्गा प्रसाईँले “अनशनले एक दुई मान्छे मरेर केही फरक पर्दैन“ भनेकोमा प्रधानमन्त्रीले म धेरै खुसी छु भनेपछि
विवाह गरेको तीन मिनेटमै पारपाचुके
विवाह गरेको तीन मिनेटमै पारपाचुके
सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
सात वर्षसम्म कैद सजाय माग गर्दै दुर्गा प्रसाईंविरूद्ध मुद्दा दर्ता
आजको राशीफल
आजको राशीफल
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
ब्लड क्यान्सर भएका साथी बचाउन बालबालिका चिया बेच्दै
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?