देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
५५ पटक हेरिएको
Shares
देशको अर्थतन्त्र सुधार्न प्रधानमन्त्री इमरानले बेचे नवाज शरिफका भैंसी

सारांश

  • बीबीसी ।
  • पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री नवाज शरिफले पालेका आठ भैंसीलाई लिलामीमा बेचेर पैसा आफ्नो ढुकुटीमा जम्मा गरेको छ ।
  • केही दिन पहिला प्रधानमन्त्री निवासका कार पनि लिलामी गरेर केही रकम ढुकुटीमा जम्मा गरेको थियो ।

बीबीसी । पाकिस्तान सरकारले पूर्व प्रधानमन्त्री नवाज शरिफले पालेका आठ भैंसीलाई लिलामीमा बेचेर पैसा आफ्नो ढुकुटीमा जम्मा गरेको छ । केही दिन पहिला प्रधानमन्त्री निवासका कार पनि लिलामी गरेर केही रकम ढुकुटीमा जम्मा गरेको थियो ।

यी भैंसी प्रधानमन्त्री निवासमा राखिएको थियो, जहाँ नवाज शरिफ र उनका परिवार बस्थे । तर पाकिस्तानका नयाँ प्रधानमन्त्री इमरान खानले खर्चमा कटौती गर्ने निर्णयपछि ती भैँसी लिलामीमा बेचिएको बीबीसीले जनाएको छ ।

इमरान खानले चुनावमा जित्नुको पछाडिको मुख्य कारण उनको भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धताले मुख्य भूमिका निर्वाह गरेको थियो। प्रधानमन्त्रीको पदमा पुगेपछि उनले खर्च कटौती गर्ने धेरै निर्णय गरिसकेका छन् । तर आलोचकले भने उनको यो कदमलाई देखावती भन्दै आएका छन् ।

गत महिना मात्रै के थाहा भएको थियो भने इमरान खान आफ्नो घरबाट १५ किलोमिटर टाढा आफ्नो कार्यालय जानकालागि हेलिकप्टरको प्रयोग गर्दा रहेछन् । त्यसपछि उनको निकै आलोचना भएको थियो ।

भैंसीको लिलामीबाट प्राप्त १३ लाख ७८ हजार रुपैयाँ राष्ट्रिय ढुकुटीमा जम्मा गरिएको छ । यसअघि बुलेटप्रुफ कारको लिलामीबाट आएको ४ करोड ३५ लाख पनि ढुकुटीमा जम्मा गराइएको थियो ।
नवाज शरिफका समर्थकहरुमा यी भैंसीप्रति खास लगाव छ।

हसन लतिफ नाम गरेका व्यक्तिले यी भैंसी किनेका हुन्। उनीसँग एउटा डेरी फार्म छ र उनी यी भैंसी किन्ने मौका गुमाउन चाहँदैन थिए । उनले बीबीसी उर्दूसँग भने–मसँग सयभन्दा धेरै भैंसी छन् । तर म आफ्ना नेताको एक भैंसी किन्न चाहन्थे । यो मेरो इज्जतको पनि विषय हो । यदि मौका मिल्यो भने म त्यो भैंसीलाई फेरि शरिफ साहबलाई नै फिर्ता गर्न चाहन्छु ।’

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार भैंसीको लिलामीबाट आशा गरेभन्दा धेरै कमाइ भएको बताए । तर, यी भैंसी लिलामीबाट सबै जना खुशी भएका भने छैनन् ।

रावलपिंडीबाट आएका एक ग्राहकले भने–यस्ता भैंसी बजारमा त्यो भन्दा आधा मूल्यमा नै पाइन्छ । यो भैंसीको मूल्य धेरै भयो। मलाइ त यो भैंसी किन्ने ग्राहक पनि सक्कली लागेको छैन ।’ तर धेरै मूल्य सरकारकालागि भने राम्रो समाचार हो । किनभने पाकिस्तानी सरकार गम्भीर आर्थिक चुनौतीको सामना गरिरहेको छ । यद्यपी यो लिलामी आर्थिक समस्याको सामना गर्न उँटमा मुखमा जिरा जस्तै हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
स्थापना दिवसमा एकताको ठोस् सन्देश दिँदै एमाले–माओवादी केन्द्र
रक्षा बजेट बढाउँदै चीन
रक्षा बजेट बढाउँदै चीन
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
“वातावरणकर्मीहरुले निर्माणमा भइरहेको प्रगतिलाई रोक्न खोजेका छन्”: मन्त्री अधिकारी
न्युयोर्कमा ट्रक आक्रमण, ८ जनाको मृत्यु , आक्रमणमा आईएसको हात
शितलनिवासमा राष्ट्रपति र कांग्रेसका नेताबीच छलफल सुरु
शितलनिवासमा राष्ट्रपति र कांग्रेसका नेताबीच छलफल सुरु
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
यि हुुन सेक्स भिडियोले गर्दा गुमनाम नेपाली नायीका
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
पलेशा आज काठमाडौं आउँदै, नगरपरिक्रमा गराइने
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
महिला टेबलटेनिसमा राज गर्दै आएकी नविता श्रेष्ठलाई उछिन्दै एलिना महर्जन नम्बर एक खेलाडी बनिन्
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
कैटरिना ट्विंकलदेखि किन डराउँछिन्?
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले
बजेट प्रचारमुखी भन्दा यथार्थपरकः अर्थमन्त्री आले