प्रहरी सहायक निरीक्षक विकको हत्याका आरोपीद्वय रामशंकर मिश्र अदालतमा हाजिर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
प्रहरी सहायक निरीक्षक  विकको हत्याका  आरोपीद्वय  रामशंकर मिश्र अदालतमा हाजिर

सारांश

  • गौशाला, २९ साउन ।
  • सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।
  • उनीसँगै सोही मुद्दाका आरोपी रहेका  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भएका छन्  ।

गौशाला, २९ साउन । सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकको हत्याका आरोपी रहेका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्र आज महोत्तरी जिल्ला अदालतमा हाजिर भएका छन् ।उनीसँगै सोही मुद्दाका आरोपी रहेका  राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डे पनि आज अदालतमा हाजिर भएका छन्  । उनीहरु दुवैजना आफैँ निवेदन लिएर अदालतमा बिहान १०ः३० बजे हाजिर भएका  स्रेस्तेदार रामानन्द अधिकारीले बताए  ।

महोत्तरीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत प्रनानि विकलाई २०७२ भदौ २५ गते आन्दोलनकारीले जलेश्वर–४ स्थित हटियामा कुटपिट गरी गम्भीर घाइते बनाइएका थिए । घाइते बिकलाई प्रहरीले उद्धार गरी उपचारको लागि जनकपुर लैजाँदै गर्दा महोत्तरी गाउँपालिकामा एम्बुलेन्सबाट थुतेर आन्दोलनकारीले हत्या गरेका थिए ।

उनीहरु जिल्ला न्यायाधीश ब्रजेशकुमार पोखरेलसमक्ष निवेदन दिएर हाजिर भएका  िथए । आफैँ हाजिर भएका प्रमुख मिश्र र सहमहामन्त्री पाण्डेलाई अदालतले आजै थुनछेकको बहस चलाउने भएको उनीहरुको वकिल रमेश पाण्डेले बताए ।यसअघि गत सोमबार सोही मुद्दामा आरोपी रहेका प्रदेश नं २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा पनि महोत्तरी जिल्ला अदालतमा आफैँ निवेदन दिएर हाजिर भएका  थिए भने उनीलाई अदालतले साधारण तारेखमा रिहा गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
मन नपरेको पार्टीले बहुमत ल्यायो भनेर आन्दोलन गर्नु अर्थ छैन, जनताको निर्णय हो : प्रधानमन्त्री ओली
अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
बंगलादेशको जग्गा फिर्ता गर्ने भारत नेपालको चाहीँ किन हडप्छ ?
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई ‘घेराबन्दी’ गर्दै विपक्षी गठबन्धन
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु
बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु
इलामको बिहानसम्मको अपडेट
इलामको बिहानसम्मको अपडेट
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जलवायु परिवर्तनमा गाई-भैसी पनि जिम्मेवार !
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

तपाईंले छुटाउनुभयो कि?