नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२३ पटक हेरिएको
Shares
नेपाल बन्दपछि के भने नेकपाका महासचिव विप्लवले ? (विज्ञप्तिसहित)

सारांश

  • काठमाडौं, २९ साउन ।
  • नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आजको नेपाल बन्दप्रति सहयोग र ऐक्यवद्धता व्यक्त गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ ।
  • महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी नेपाल बन्दलाई समर्थन गर्दै विज्ञप्ति जारी गर्ने विभिन्न राजनैतिक शक्ति, वामपन्थी–देशभक्त–प्रगतिशील शक्ति र जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

काठमाडौं, २९ साउन । नेत्रविक्रम चन्द “विप्लव”ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको आजको नेपाल बन्दप्रति सहयोग र ऐक्यवद्धता व्यक्त गर्ने सबै पक्षलाई धन्यवाद दिएको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी नेपाल बन्दलाई समर्थन गर्दै विज्ञप्ति जारी गर्ने विभिन्न राजनैतिक शक्ति, वामपन्थी–देशभक्त–प्रगतिशील शक्ति र जनताप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

आफ्नो पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिटब्यूरो सदस्यहरु पदम राई, ओम पुन, कृष्ण धमला, मोहन कार्की, केन्द्रीय सदस्यहरु टेकबहादुर केसी, देवनारायण शाह लगायतका नेता–कार्यकर्ताहरुलाई केपी–पिके सरकारले विशुद्ध राजनीतिक आस्थाकै कारण पूर्वाग्रह राखी गिरफ्तार गरेको दावी गरेका छन् । महासचिव विप्लवले गिरफ्तार गरिएको नेताहरुमाथि अमानवीय यातना दिएको आरोप समेत लगाएका छन् ।

महासचिव विप्लवले त्यसैका विरुद्ध बाध्य भएर आन्दोलनका कार्यक्रम घोषणा गरिएको बताएका छन् । यो गिरफ्तारीले सरकारको रवैया पुष्टि भएको बताउँदै आफ्ना नेता–कार्यकर्ताहरुको गिरफ्तारीलाई लिएर अहिले चौतर्फी विरोध भइराखेको उनले जनाएका छन् । उनले आफ्नो पार्टीले सुरु गरेको जनमुक्ति र राष्ट्रमुक्ति अभियानमा सबैको साथ र सहयोगको अपेक्षा पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?