चितवन पुगेर प्रचण्डले किन भने ढिलोचाँडो प्रधानमन्त्री भएरै छाड्छु ?
सारांश
- राजेन्द्र आचार्य भरतपुर, १ फागुन ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले ढिलो चाँडो आफू प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् ।
- शरदपुर माबिको ४३ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा बोल्दै प्रचण्डले नेपाली कांग्रेसले आफूलाई बारम्बार प्रधानामन्त्री बन्न प्रस्ताब गरेको खुलाउँदै त्यस्तो धारणा राखेका हुन् ।
राजेन्द्र आचार्य
भरतपुर, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले ढिलो चाँडो आफू प्रधानमन्त्री बनेरै छाड्ने बताएका छन् । शरदपुर माबिको ४३ औ बार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा बोल्दै प्रचण्डले नेपाली कांग्रेसले आफूलाई बारम्बार प्रधानामन्त्री बन्न प्रस्ताब गरेको खुलाउँदै त्यस्तो धारणा राखेका हुन् ।
अध्यक्ष प्रचण्डले हिजो सोमबारमात्रै एमाले अध्यक्ष केपी ओलीसँग वान टु वान वार्ता गरेका थिए । ओलीसँग सहअध्यक्षको मोडालिटीमा पार्टी एकता गर्ने सहमति नजिक पुगेको समाचार सार्वजनिक हुनेवित्तिकै कांग्रेसको प्रस्ताव र ढिलोचाँडो प्रधानमन्त्री बन्ने प्रसङ्गले वाम एकताको भविस्य र जनताद्वारा अनुमोदित एजेण्डाप्रति प्रश्न उब्जाएको छ ।
केही दिनअघि मात्रै चितवनमा प्रचण्डले देशको हितका निम्ति जस्तो पनि निर्णय लिन सक्छु भन्दै अभिव्यक्ति दिएका थिए । यसलाई सर्वत्र चासो र अर्थपूर्ण रुपमा व्याख्या गरिएको थियो । प्रचण्डले देशको समृद्धिको लागि संबिधान निर्माण गर्ने ३ पार्टी एक हुनुको विकल्प नभएको समेत बताए ।
उनले चितवनको विकासको लागि आफू प्रयासरत रहेको भन्दै नयाँ सरकार बन्दा साथ भरतपुर महानगरपालिकामा निर्माण हुने भनिएको रिङ्ग रोडको लागि २ अर्ब बजेट विनियोजित गर्ने प्रतिबद्दता समेत जनाएका थिए ।
Dip Chhangchha
कति पटक प्रधानमन्त्री बनेर मर्ने बिचार छ नेता ज्यू?
Sunahang Rai
जनतालाई निराशा बाँडेका होलान ।
Ramesh Kumar
Hunxa hunxa
Mohan Kayasta
Prachanda loosing golden chance that NC offered .
Mongol Gunjan
शुस्मा स्वराजका दलाल हरु।
खिम योउजो गुरुङ
फड्को मार्ने चलन
Nabin Pokhrel
Parchand tw lai laj xaina aaja india le yeti vanda k aalu hereko tw timi haru lai biswash garne hami janata pagal ho tar aba timi haruko din gayo tw hile garxas vane aasa pani aba mari sako parchand
Krishna Pd Upadhyay
दाउ पेच सहित लम्पसार पय्राे भने पाउँछु भन्ने कपटकाे टुशाे मनमा छ।
Bal Mivak
Polticol bujnai garooo
Bk Karki
तिमिपनी सेरेकै ताक गर्न थालौ है! सेरे र तिमिमा खासै फरक छैन कि क्याहो
Krishna Bk
प्रचण्ड जी तपाई मन्त्री भए के गनु हुन्छ तपाईंको कुनै काम छैन जनताले तपाई लाई मन पराऊदैनन
Krishna Bk
प्रचण्ड जी तपाई मन्त्री भए के गनु हुन्छ तपाईंको कुनै काम छैन जनताले तपाई लाई मन पराऊदैनन