समुदायको लगानीमा प्रवेशद्वार निर्माण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
समुदायको लगानीमा प्रवेशद्वार निर्माण

सारांश

  • बेनी ३० साउन ।
  • सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ ।
  • वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको रु सात लाख नगद र जनश्रमदानमा प्रवेशद्वार बनाइएको हो ।

बेनी ३० साउन । सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ ।वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको रु सात लाख नगद र जनश्रमदानमा प्रवेशद्वार बनाइएको हो । प्रवेशद्वार निर्माणमा पात्लेखर्क, घ्यासीखर्क, खरिबोट, चौरखानी, मङ्गलेखानीलगायतका क्षेत्रका स्थानीयले समेत नगद सहयोग गरेका थिए ।

धौलागिरि हिमालको फेदीमा रहेको धार्मिकस्थल ऋखार क्षेत्रमा भक्तजनलाई आकर्षित गर्न प्रवेशद्वार निर्माण गरिएको समितिका अध्यक्ष चित्र छन्त्यालले जानकारी दिएका छन्  ।जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी हँुदै तीन दिनको यात्रापछि ऋखारमा पुग्न सकिन्छ । धौलागिरि आधार शिविर नजिक पर्ने ऋखारमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?