सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सारांश
- सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागु औषध सहित प्रत्येक दिन १ देखि ४ जना सम्म युवा हरु लाई पक्राउ गर्दै प्रहरी लाई बुझाई रहेको छ।
- सोमबार एक जना युवालाई बिहानै पक्राउ गरेको सशस्त्र प्रहरी बलले आज पनि बिहानै ६.
- ४५ बजे को समयमा अर्का १ जना युवा लाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागु औषध सहित प्रत्येक दिन १ देखि ४ जना सम्म युवा हरु लाई पक्राउ गर्दै प्रहरी लाई बुझाई रहेको छ।सोमबार एक जना युवालाई बिहानै पक्राउ गरेको सशस्त्र प्रहरी बलले आज पनि बिहानै ६.४५ बजे को समयमा अर्का १ जना युवा लाई पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।
छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगंज तर्फ आउदै गरेको अवस्थामा बीरगंजको रजत जयन्ती चौकबाट चेक जाचको क्रममा शरिर खानतलासी गर्दा जिउमा फिट गरेको अवस्थामा लागु औषध सहित नियन्त्रणमा लिएको हो ।आज पक्राउ पर्नेमा काठमाडौं चन्द्रागीरी -५ बस्ने वर्ष ३१ को अनिल सापकोटा लाई प्रहरीले शरीरमा टेप लगायर बेरेको अवस्थामा डाईजोपाम ५४ ,नोर्फिन ५४, फेनारगन ५४ पीस बरामद्जु गरेको हो ,प्रहरी ले २८ गते मात्र सोही तरिका ले शरीर मा टेप लगायर लागूऔषध सहित लमजुङ डाडा बस्ने बर्ष १९ का सुभाष घलेको साथबाट डाईजोपाम ६९ पिस, नोर्फिन ७२ पिस र फेनारगन ७१ पिस शरिरमा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले यो भन्दा पहिला पनी भारतिय नम्बरको स्कारपियोमा भारतबाट नेपाल तर्फ आउदै गरेको अवस्थामा नियमित चेकजाचको क्रममा भन्सारको मुल गेटमा १५ सय लागु औषध सहित चालक र एकजना गरी २ जनालाई नियन्त्रणमा लिएको थियो भने ३ दिन पहिला चेकजाचको क्रममा बेवारिसे अवस्थामा सोही ठाउमा ४ सय ४९ थान लागु औषध बरामद गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले जनाएका छन । उनले भने यो नाकाबाट धेरै लागूऔषध भित्रिने गरेको र उक्त लागूऔषध काठमाडौं जाने कुरा समेत बताए ।
प्रतिक्रिया