घरको छत ढलान गर्ने क्रममा करेन्ट लाग्दा एक मजदूरको मृत्यु
सारांश
- रुपन्देही ।
- घरको छत ढलानको काम गरिरहेको बेला करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमियाका ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ ।
- आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युतको तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाका थिए ।
रुपन्देही । घरको छत ढलानको काम गरिरहेको बेला करेन्ट लागेर रुपन्देहीको सैनामैना– १० झिमझिमियाका ३५ वर्षीय भिक्खु थारुको मृत्यु भएको छ ।
आज दिउँसो झिमझिमिया चोकमा घरको छतमा रहेको फलामको छडलाई मोड्ने क्रममा विद्युतको तारमा छुँदा भिक्खु गम्भीर घाइते भएकाका थिए । उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवलमा लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
काम गर्ने क्रममा उनीसँगै रहेका अरु तीन जना घाइते भएको र उनीहरुको अवस्था भने सामान्य रहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया