दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
दिलबहादुरको मुक्तिका लागि ६७ लाख ब्लडमनी परराष्ट्रमन्त्रीलाई हस्तान्तरण

सारांश

  • काठमाडौं, ३० साउन ।
  • दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मुक्त गर्न साउदी अरबले तोकेको “ब्लडमनी” परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरिएको छ ।
  • दिलबहादुरका लागि अदालतले तोकेको ६७ लाख रुपियाँ “दिलबहादुर बचाउन ब्लडमनी संकलन अभियान–२०७५” मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो ।

काठमाडौं, ३० साउन । दुई वर्षदेखि साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मुक्त गर्न साउदी अरबले तोकेको “ब्लडमनी” परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरिएको छ । दिलबहादुरका लागि अदालतले तोकेको ६७ लाख रुपियाँ “दिलबहादुर बचाउन ब्लडमनी संकलन अभियान–२०७५” मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो ।

अभियानका संयोजक दिपेश पुन, सचिव जीवन रोकामगर, दिलबहादुरकी पत्नी मनिका बुढाले मन्त्रीमार्फत हस्तान्तरण गरेको ब्लडमनी साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत मृतक साउदी नागरिकका परिवारलाई हस्तान्तरण गरिने छ । त्यसका लागि परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया सुरु गरेको छ । अभियानले हस्तान्तरण गरेको चेक ग्रहण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

“एक जना नेपालीको दुःखमा सारा नेपालीले सहयोग गर्नुभएको छ”, मन्त्री ज्ञवालीले भने, “म दिलबहादुरको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने र आर्थिक सहयोग गर्ने सबै नेपालीलाई धन्यवाद दिन चाहन्छु ।”

दिलबहादुर बचाउन ब्लडमनी संलन अभियान मूल समितिले दिलबहादुरका लागि सहयोग अभियान अन्त्य गरिएको घोषणा गरेको छ । बुधबार प्रेस वक्तव्य जारी गरेर सहयोगी सबैलाई धन्यवाद दिँदै अभियान अन्त्य गरिएको घोषणा गरिएको हो ।

अभियानको क्रममा १ करोड ४ लाख २६ हजार २ सय २३ रुपैयाँ संकलन भएको अभियानले जानकारी गराएको छ । विदेश तथा स्वदेशका विभिन्न संघ संस्थाहरुबाट ५५ लाख ६० हजार २ सय ४१ र विभिन्न व्यक्तिगत अभियन्ताहरुबाट ३३ लाख ७६ हजार ५ सय ९५, व्यक्तिगत सहयोगबाट ९ लाख २२ र गत वर्षको संकलित रकम ५ लाख ८९ हजार ३ सय ६५ रकम संकलित भएको अभियानले सार्वजनिक गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Santa Kumar Kawor

    Good depesh pun

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?