प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २५, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्रीको फेरि डायलासिस, कस्तो छ स्वास्थ्य ?

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति हेमो डायलाइसिस गराउन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका छन् ।
  • प्रधानमन्त्रीगत बिहीबारमात्र १० दिनको अस्पताल बसाईपछि सेन्टरबाट डिस्चार्ज भएका थिए।
  • डिस्चार्ज गर्न अघि उनको नवौ‌ पटक डायलाइसिस समेत गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार राति हेमो डायलाइसिस गराउन मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर गएका छन् । प्रधानमन्त्रीगत बिहीबारमात्र १० दिनको अस्पताल बसाईपछि सेन्टरबाट डिस्चार्ज भएका थिए। डिस्चार्ज गर्न अघि उनको नवौ‌ पटक डायलाइसिस समेत गरिएको थियो।

‘प्रधानमन्त्रीको अन्य स्वास्थ्य स्थिति ठिकै छ, उहाँलाई डायलाइसिस गर्न यहाँ ल्याइएको हो’, उपचारमा संलग्न एक चिकित्सकले भने।

प्रधानमन्त्रीको एपेन्डेसाइटिसको शल्यक्रिया पछिको अस्पताल बसाईमा ५ पटक डायलाइसिस गरिएको थियो। यसअघि समेत प्रधानमन्त्रीको ग्रान्डी इन्टरनेशनल हस्पिटलमा २६ दिनमा ४ पटक डायलाइसिसगरिएको थियो।

६७ वर्षीय प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण भएको थियो। हाल उनको दोश्रो पटक मृगौला प्रत्यारोपणको लागि तयारी गरिँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?