दक्षिणी प्रशान्त क्षेत्रीय राष्ट्र फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३ भदाै ।
  • फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।
  • अमेरिकी भौगर्भिक अध्ययन संस्था ‘यूएस जियोलोजिकल सर्भे ले स्थानीय समयअनुसार आज ६ बजेर ४ मिनेटमा गएको भूकम्प ८ दशमलव २ रेक्टर स्केल  मापन गरिएको जानकारी दिएको छ।

काठमाडौं, ३ भदाै । फिजीमा ८ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।अमेरिकी भौगर्भिक अध्ययन संस्था ‘यूएस जियोलोजिकल सर्भे ले स्थानीय समयअनुसार आज ६ बजेर ४ मिनेटमा गएको भूकम्प ८ दशमलव २ रेक्टर स्केल  मापन गरिएको जानकारी दिएको छ। जमिनको सतहभन्दा करीब ५ सय ६३ किलोमिटर गहिराईमा भूकम्पको केन्द्र रहेको बताइएको छ ।

फिजीको न्डोइ आइल्यान्ड भन्दा करीब ७४ किलोमिटर दक्षिणपश्चिममा भूकम्पको केन्द्रबिन्दू रहेको अनुमान गरिएको छ।

भूकम्पपछि धेरै स्थानमा सामुद्रिक आँधी आउने संभावना हुने भएपनि फिजीमा भने आँँधीको खतरा नरहेको सुनामी वार्निङ सेन्टरले जनाएको  छ। घटनापछि राहत र उद्धार थालिएको तर क्षतिको       बीबरण आउन बाँकी रहेकाे जानकारी दिइएकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?