सुकुम्वासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा: प्रचण्ड
सारांश
- चितवन, ६ मंसिर।
- नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताएका छन्।
- बिहीबार चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा परेको बताए।
चितवन, ६ मंसिर। नेकपा अध्यक्ष प्रचण्डले केही समयमा नै सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने बताएका छन्। बिहीबार चितवनमा भएका विभिन्न कार्यक्रममा सहभागी हुँदै प्रचण्डले सुकुम्बासीको समस्या समाधान सरकारको उच्च प्राथमिकतामा परेको बताए।
समस्या समाधानका लागि नीतिगत समिक्षा भइराखेको भन्दै उनले एउटा निष्कर्षमा पुगेर पूर्जा वितरण र अव्यवस्थित बसोबासको काम अगाडि बढ्ने जानकारी दिए।
‘अव्यवस्थित बसोबास र सुकुम्बासी समस्यालाई उच्च प्राथमिकतामा राखेर हामीले केही समयभित्रै यो समस्याको समाधान गर्ने छौं,’ उनले भने, जसलाई तुरुन्तै लालपूर्जा दिन सम्भव छ, उनीहरुलाई लालपूर्जा वितरणको व्यवस्था गरिने छ, स्थानान्तरण गर्नुपर्ने अवस्था भएकालाई स्थानान्तरण गरिने छ।’ प्रचण्ड आज क्यान्सर अस्पताल भरतपुरको बि एन नसिंङ कार्यक्रमको उद्घाटन र भरतपुर वडा नं २४ लाई बातावरणमैत्री घोषणा कार्यक्रममा सहभागी भएका छन्। नेपालका विभिन्न जिल्ला र भारतबाट समेत सेवा लिन आउने चितवनको विपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा आजबाट बिएन नर्सिङ कार्यक्रम सुरु भएको छ।
प्रतिक्रिया