दक्षिण एशियामै नेपालमा आँखा उपचार राम्रो
सारांश
- काठमाडौँ ।
- दक्षिण एशियामै नेपालमा आँखाको उपचार राम्रो रहेकाले नीति बनाएर प्रचार गर्न सुझाव दिइएको छ ।
- आँखाको स्वास्थ्य नीति आवश्यकता भएकाले छिटो ल्याउन जोड दिइएको छ ।
काठमाडौँ । दक्षिण एशियामै नेपालमा आँखाको उपचार राम्रो रहेकाले नीति बनाएर प्रचार गर्न सुझाव दिइएको छ । आँखाको स्वास्थ्य नीति आवश्यकता भएकाले छिटो ल्याउन जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा आँखा उपचारमा नेपालको स्थान निकै राम्रो भएकाले आँखा स्वास्थ्य नीतिको आवश्यकता रहेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजित कार्यक्रमा आँखा नीतिको चर्चा चलेको हो ।
कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताए । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले त्यसै अनुसारको नीति बन्नुपर्ने बताए ।
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आँखा उपचारमा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समेत सहयोग रहेको बताए । नेपालका लागि जापानी राजदूत मासामिची साइगोले आँखामा जापान सरकारका तर्फबाट ९६ लाख बराबरको उपकरण सहयोग गरिएको र भावी दिनमा पनि यस्तो सहयोग जारी रहने बताए ।
(Xanax)
प्रतिक्रिया