विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
२७ पटक हेरिएको
Shares
विद्यालय परिसरमा दोस्रो विश्वयुद्धका तीन हजार हतियार फेला !

सारांश

  • टोकियो, २१ साउन ।
  • जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् ।
  •  टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ थान गोली भेटिएको उक्त महानगरका अधिकारी मासाकी फुजिसावाले बताउनुभयो ।

टोकियो, २१ साउन । जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो महानगरको निसिटोकियो क्षेत्रमा रहेको तानासी प्राथमिक विद्यालयको भवन निर्माणका लागि जमिन खन्ने क्रममा भेटिएका एक हजार ४०० बन्दूक, एक हजार २०० खड्ग (युद्धमा प्रयोग गरिने धारिला हतियार), आठ थान हाते बम र ३०२ थान गोली भेटिएको उक्त महानगरका अधिकारी मासाकी फुजिसावाले बताउनुभयो ।

“विद्यालय परिसरमा हतियार फेला परेको खबरले शुरुमा हामी आश्चर्यमा प¥यौँ,” उहाँले थप्नुभयो ।
“सबै हतियार खिया लागेको अवस्थामा फेला परेपछि तिनीहरू लामो समय पहिले अर्थात् दोस्रो विश्वयुद्धको समय जमिनमुनि गाडिएको विश्वासमा सम्बन्धित अधिकारीलाई अनुसन्धानका लागि जिम्मा लगाएका छौँ,” फुजिसावाले एएफपीसँगको कुराकानीमा बताउनुभयो । भेटिएका कुनैपनि हतियार प्रयोगमा आउनसक्ने अवस्थामा नरहेकासमेत उहाँको भनाइ थियो ।

हतियार जापानले दोस्रो विश्वयुद्धमा आत्मसमर्पण गरेपछि सन् १९४५ मा जमिनमुनि गाडिएको हुनसक्ने स्थानीय सञ्चारमाध्यमले हतियार विज्ञहरूलाई उद्धृत गरी जनाएका छन् ।
जापानले हतियार त्यागेर शान्तिको यात्रा शुरु गरेको ७० बर्षपछि पनि कतिपय स्थानहरूमा हतियारका अवशेषहरू पाइने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
माओवादीको लालकिल्ला भत्काउन कांग्रेस-एमालेको नयाँ प्रयोग, उम्मेदवार एमालेको, चुनाव चिन्ह रुख !
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
स्वर्णलक्ष्मी ठगीको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा, रविसहित ४४ जना प्रतिवादी
अपमानका कारण ओजिलको सन्यास
अपमानका कारण ओजिलको सन्यास
सरकार छोडे उपेन्द्र यादवले
सरकार छोडे उपेन्द्र यादवले
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
जुवाडे समाउन ६ राउण्ड गोली प्रहार, झडपमा एक प्रहरी घाइते
प्रदेशसभाको बैठक समेत अवरुद्ध
प्रदेशसभाको बैठक समेत अवरुद्ध
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा
Jacqueline Fernandez suffers a permanent eye injury while shooting for ‘Race 3’
Jacqueline Fernandez suffers a permanent eye injury while shooting for ‘Race 3’
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
प्रचण्डको नातिनीको बिहेमा भारतीय प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री ओली डाभोसमा, सम्बोधन गर्ने
प्रधानमन्त्री ओली डाभोसमा, सम्बोधन गर्ने

तपाईंले छुटाउनुभयो कि?