केएल टावरमा मोबाइलको मेगा मेला
सारांश
- काठमाडौं ।
- काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ ।
- दशैं तिहारको अवसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिनेछ ।
काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अवसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिनेछ ।
केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर विजय लामाले गरेका थिए ।
यसको साथै मेलामा ६० प्रतिशतसम्म छुटका मोबाइल पनि रहेका छन् अफरभित्रको पनि अफर योजनालगायत केएल मोबाइल हबको योजना सँगै विभिन्न मोबाइल कम्पनीले दिने योजना पनि समावेश गरिएको छ ।
केएल मोबाइल हव सञ्चालनको अबसरमा ल्याइएको उपहार योजना अन्तर्गत फेसबुक फोटो कन्टेस्टमा भाग लिएका सिन्धुपाल्चोकका हरि कुमार दुलालले सामसुङ एस ८ प्लस प्राप्त गरेका छन् । विजयी भएका दुलाललाई नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रुपका ब्राण्ड एम्बासडर विजय लामाले एस ८ प्लस हस्तान्तरण गरेका थिए ।
यसैगरि बिजय लामा सँगै मलेसिया र सिंगापुरको भ्रमण गर्ने अवसर धुम्बाराहीकी स्मारिका बिष्टले पाएकी छन् । बिहिबार ब्राण्ड एम्बासडर लामा स्वयंले लक्की ड्र निकाल्दा यो अवसरको फाइदा लिने भाग्यमानी ग्राहकमा बिष्ट परेकी हुन् ।
दशैं तथा तिहारको अवसर पारी सुरु गरिएको मोबाइलको मेगा मेलामा मोबाइल खरिद गर्ने ग्राहकले सेल्फीस्टिक, पावर बैंक, मोबाइल, नगद र विभिन्न एशोसरिज प्राप्त गर्ने ब्रान्च मेनेजर उर्मिला लामाले बताइन् ।
मेगा मेलामा नेपालमा उपलब्ध सबै कम्पनीका मोबाइल सेटको कारोबार हुनेछ भने घरमा थन्किएर बसेका नबन्ने मोबाइल सेटहरु पनि साट्न पाइने व्यवस्था गरिएका कारण ग्राहकले प्रत्यक्ष फाइदा लिन सक्ने विश्वास केएल मोबाइल हबका सेल्स मेनेजर अजय लामाको छ ।
मेगा मेला तिहारसम्म सञ्चालनमा आउनेछ ।
प्रतिक्रिया