नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३० पटक हेरिएको
Shares
नेपाल क्वाटरफाइनल भन्दा माथि जान सकेन

सारांश

  • काठमाडौँ ।
  • इन्डोनेशियामा चलिरहेको १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ ।
  • राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको छ ।

काठमाडौँ । इन्डोनेशियामा चलिरहेको १८ औँ एशियाली खेलकूदअन्तर्गत ब्याडमिन्टनको पुरुष समूहमा नेपाल क्वाटरफाइनलमा पराजित भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का अनुसार चाइनिज ताइपेइसँग ३–० ले नेपाल पराजित भएको छ ।

पहिलो सिङ्गल्समा नेपालबाट रत्नजित तामाङ २१–१६ र २१–१३, दोस्रोमा नेपालका दिपेश धामी २१–५ र २१–११ तथा तेस्रोमा नेपालका नविन श्रेष्ठ २१–११ र २१–१० को सोझो सेटमा पराजित भएका थिए । ब्याडमिन्टनअन्तर्गत व्यक्तिगत स्पर्धाका खेल शुक्रबारदेखि शुरु हुनेछ ।

पौडीमा गौरिका १८ औं र टीसा २२ औँ स्थानमा

एशियाली खेलकूदको पौडीतर्फ भएको खेलमा दुई नेपाली महिला खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतिस्पर्धामा २७ खेलाडी सहभागी थिए । त्यसमध्ये गौरिका १८ औँ र टीसा २२ औँ स्थान प्राप्त गरे । गौरिकाले निर्धारित १ मिनेट शुन्य दशमलव ८२ सेकेन्ड समयमा दूरी पार गरिन भने टिसाले १ मिनेटमा दूरी तय गरिन् ।

आज मङ्गलबार नेपालका शिरीष गुरुङले पुरुष ५० मिटर फ्रि स्टायलमा सहभागिता जनाउने छन् ।

तेक्वान्दोको गेरोगीतर्फ पुरुष ५८ केजीमुनि नेपालका सागर गुभाजु क्वाटरफाइनलमा पराजित भएका छन् । सागरले भियतनामका खेलाडीसँग २५–५ अङ्कले पराजित भएको थियो ।

त्यसअघि अन्तिम १६ को खेलमा सागरले भुटानका दोर्जी तेन्जिङलाई ५४–४० ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका थिए ।

त्यसैगरी महिला ५३ केजीमुनि नेपालकी निमा गुरुङ लेबनानकी खेलाडीसँग २३–१० तथा ६७ केजीमुनि नेपालकी सङ्गीता नेपाली बस्याल फिलिपिन्सकी खेलाडीसँग २०–१७ ले पराजित भइन् ।

आज महिला ६७ केजीमुनि निशा रावल र ५७ केजीमुनि ज्ञानी चुनारा तथा पुरुष ८० केजीममाथि अनोज पुजारीले प्रतिस्पर्धा गर्ने राखेपले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?