पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पाइपबाट घरघरमा ग्यासको उद्घाटन गर्दै  प्रधानमन्त्री  ओली

सारांश

  • काठमाडाै, ५ भदाै ।
  • प्रधानमन्त्री केपी शर्मा ओली  मंगलबार(आज) विराटनगर जाँदै छन्।
  • विराटनगर महानगरपालिका–१४ मा पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री ओली त्यता जान लागेका हुन्।

काठमाडाै, ५ भदाै । प्रधानमन्त्री केपी शर्मा ओली  मंगलबार(आज) विराटनगर जाँदै छन्।विराटनगर महानगरपालिका–१४ मा पाइपबाट घरघरमा ग्यास जडानको उद्घाटन तथा निरीक्षण गर्न प्रधानमन्त्री ओली त्यता जान लागेका हुन्। मंगलबार प्रधानमन्त्री ओली विराटनगर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

विश्व बैंकको ८४ लाख रुपैयाँ लगानीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले पाइपमार्फत् स्थानीय बासिन्दाको भान्सासम्म ग्यास पु¥याएको हो।स्थानीय गोसेवा सदनले गाईको गोबर संकलन गरी बायोग्यास उत्पादन गरेको हो। विराटनगर–१४ का सयभन्दा बढी स्थानीयका घरघरमा बिछ्याएर ग्यास पु¥याइएको छ। त्यहाँका बासिन्दाले त्यही ग्यासबाट खाना पकाउन थालेका छन्।

एलपी ग्यासको एक सिलिन्डरमा भए जति बायोग्यास उपभोग गर्दा ११ सय रुपैयाँ उपभोक्ताले तिर्नुपर्ने बताइएको छ । उक्त ग्यास उद्घाटन तथा निरीक्षणपछि प्रधानमन्त्री ओली आज साँझ इटहरी बास बस्ने र भोलि(बुधबार) गृहजिल्ला झापामा भेटघाटलगायत विभिन्न कार्यक्रममा सहभागी भई बुधबारै दिउँसो काठमाडौं फर्कने कार्यक्रम रहेको प्रेस सल्लाहकार अर्यालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
यिनै हुन मृत काकाको लास सङ्ग सेल्फी खिच्ने भतिजा..
यिनै हुन मृत काकाको लास सङ्ग सेल्फी खिच्ने भतिजा..
करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?
करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
किन गुफा र सुरुङ चहार्दै हिड्छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?
किन गुफा र सुरुङ चहार्दै हिड्छन् कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही ?
एक वर्षमा पन्ध्र सय घटना बढे
एक वर्षमा पन्ध्र सय घटना बढे
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
नयाँ वर्ष २०७६ शुरु, शुभकामना आदानप्रदान गरी मनाइँदै
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
बुटवलमा ठूलो मात्रामा विष्फोटक पदार्थ फेला परेपछि सुरक्षा चुनाैति बढ्याे !
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक
संक्रमितको संख्या २८ लाख नाघ्यो, मृतकको संख्या २ लाख नजिक

तपाईंले छुटाउनुभयो कि?