करोडौं चलखेलमा किष्ट कलेजलाई पीजी कोटा ?
सारांश
- काठमाडौं ।
- त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा।
- तीर्थ खनियाले कुनै पनि पूर्वाधार नभएको किष्ट मेडिकल कलेजलाई करोडौं रुपैयाँ घुस खाएर ९ वटा बिषयमा पोष्ट ग्राजुएसन९पीजी० पढाउने अनुमति दिएको आरोप लागेको छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा। तीर्थ खनियाले कुनै पनि पूर्वाधार नभएको किष्ट मेडिकल कलेजलाई करोडौं रुपैयाँ घुस खाएर ९ वटा बिषयमा पोष्ट ग्राजुएसन९पीजी० पढाउने अनुमति दिएको आरोप लागेको छ । त्रिविले २०७४ फागुन २३ मा किष्ट, चितवन मेडिकल कलेज, नेपाली सेनाको मेडिकल कलेजलाई पीजीको अनुमति दिएको छ । तर अरुको बिषयमा विवाद नभए पनि २५ जना पनि बिरामी नभएको रित्तोको अवस्थामा रहेको किष्ट कलेजलाई त्रिभुवन विश्वविद्यालयले ९ वटा बिषयमा पोष्ट ग्राजुएसन(पीजी)को स्वीकृति दिने क्रममा आर्थिक चलखेल भएको चर्चा ब्यापक रुपमा चलेको स्रोतको दावी छ ।
पहिला पीजी दिने बिषयमा चिकित्सा शास्त्र अध्ययन संस्थान९आइओएम०को फ्याकल्टीबोर्डले निर्णय गर्दथ्यो । फ्याकल्टी बोर्डले बिरामीको संख्यादेखि सबै मापदण्ड हेरेर मात्र निर्णय गर्ने भएकाले मेडिकल माफियाहरुको योजनामा त्रिविविका उपकुलपति तीर्थ खनियाँले त्रिवि मातहत ल्याएर किष्टलाई ९ वटा बिषयमा पीजीको कोटा दिएका छन् । सेनाको मेडिकल कलेजलाई पीजी अनुमति दिएको बिषयमा कुनै विवाद नभए पनि किष्ट र चितवन मेडिकल कलेजसंग त्रिविका उपकुलपति खनियाले करोडौं घुस खाएर अनुमति दिएको आरोप छ । किष्ट जस्ता कुनै पनि पूर्वाधार नभएका कलेजले आइओएमबाट खोसेर पीजीको अनुमति दिने अधिकार त्रिविमा ल्याई आर्थिक चलखेलमा अनुमति लिन सफल भएका छन् ।
आइओएमका एक चिकित्सकले भने–‘९ वटा बिषयमा पोष्ट ग्राजुएसन अध्ययनका लागि ४–५ सय बिरामी चाहिन्छ । तर किष्टमा २० जना पनि बिरामी छैनन् रु विद्यार्थीले कहा“ प्राक्टिस गर्ने रु एउटा बिषय उदाहरणका लागि हड्डीमा पीजी गर्नका लागि २५ भन्दा बढी बिरामी चाहिन्छ । तर किष्टमा २० जना पनि छैनन् । किष्टले वार्डका २०२५ जना बिरामी देखाएर ९ वटा बिषयमा पीजीको अनुमति लिएको छ । तर किष्टमा छड्के अनुगमन गर्ने हो भने बढीमा २५ जना भन्दा बिरामी भेटिदैन ।
९ बिषयमा एक बिषय बराबर कम्तीमा २ जनालाई पीजी कोर्ष पढाउन सके पनि किष्टले बार्षिक १० करोड रुपैयाँ विद्यार्थीबाट लिनेछ । एउटा बिषयमा ४ जनासम्म पनि अध्ययन गर्ने स्वीकृति लिने गरेका छन् । एक विद्यार्थी बराबर पोष्ट ग्राजुएसनमा ४० देखि ५० लाख मेडिकल कलेजले लिने गरेका छन् । यसरी एक बर्षको आम्दानीबाट त्रिविका भीसी खनियाको समूहलाई प्रलोभनमा पारेर किष्ट जस्तो पूर्वाधार नै नभएको मेडिकल कलेजले पीजीको अनुमति लिएको स्रोतको दावी छ ।
( साँघु साप्ताहिकबाट)
प्रतिक्रिया