राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २५, २०७५
|
|
४२ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्ष र पाकिस्तानी राजदूतबीच शिष्टचार भेटघाट

सारांश

  • काठमाडौं, २५ असार ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदसँग शिष्टाचार भेटघाट गरेका छन् ।
  • सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहेको बताए ।

काठमाडौं, २५ असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदसँग शिष्टाचार भेटघाट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको र यो सम्बन्ध एक अर्काको स्वतन्त्रता, स्वाधीनता र परस्पर सहयोगमा आधारित रहेको बताए । तिमिल्सिनाले नेपाल र पाकिस्तान लामो संक्रमणपछि शान्ति र विकासमा अगाडि बढेकाले आगामी दिनमा दुई देशबीचको सहकार्यलाई व्यापार, पर्यटन, लगानीमा केन्द्रित गर्दै जानुपर्ने विचार व्यक्त गरे ।

आगामी जुलाई २५ गते पाकिस्तानमा हुन गइरहेको आम निर्वाचनको शुभकामना व्यक्त गर्दै अध्यक्ष तिमिल्सिनाले भने, “प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको प्रतिनिधि नै जनताको खास प्रतिनिधि हो । नेपालमा पनि भर्खर निर्वाचन सम्पन्न भएर नयाँ प्रतिनिधि चुनिएका छन् । पाकिस्तानमा पनि आम निर्वाचनबाट सोहीअनुसार प्रतिनिधि छनौट हुनेछन् । जसले गर्दा दुई देशबीचको सहकार्य थप मजबुत बन्नेछ ।”

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले पाकिस्तानले क्षेत्रीय संगठनमा खेलेको भूकिका, आतंकवादविरुद्ध चलाएको अभियानको प्रशंसा गर्दै क्षेत्रीय समस्यामा संयुक्त रुपमा समधान खोज्नुपर्ने धारणा राखेका थिए । उनले जनस्तरको सम्बन्धलाई मजबूत बनाउनका लागि पाकिस्तानले संस्कृति, स्वास्थ्य र शिक्षाको क्षेत्रमा गर्दै आएको सहयोग तथा सहकार्यका लागि धन्यवाद व्यक्त गरे । “हाम्रो जनस्तरको सम्बन्ध मजबूत छ । यसलाई अझ विस्तार गर्न खेलकूद लगायतका क्षेत्रमा पनि सहकार्य जरुरी छ”, उनले भने, “पाकिस्तान क्रिकेट खेलमा अगाडि छ । जसमा नेपाली खेलाडीलाई पनि अवसर दिनेछ भन्ने अपेक्षा छ ।”

भेटमा पाकिस्तानका राजदूत जावेदले नेपाल र पाकिस्तानको सम्बन्ध कुटनीतिक सम्बन्ध स्थापित भएदेखि नै सुमधुर रहेको बताए । उनले पाकिस्तान आतंकबादलाई नियन्त्रण गर्दै देशको विकासमा केन्द्रित भएको जानकारी गराए । “हामी मित्र राष्ट्रसँगको सहकार्यमार्फत विकास र समृद्धिमा केन्द्रित भएका छौं”, उनले भने, “नेपालमा पनि सरकार र जनस्तरको सम्बन्ध बलियो बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौं । यो सहकार्यलाई अझ मजबुत बनाउन चाहन्छौ ।” भेटका क्रममा राजदूत जावेदले अध्यक्ष तिमिल्सिनालाई पाकिस्तान भ्रमण गरी दुई देशको संसदबीचको सम्बन्ध पनि सुमधुर बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Khadak Kaucha

    Kina hola Nepal ra nepalile Pakistan sanga Dherai najik bhaiko jun des ta atanka badi des ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
निर्वाचन अब कसैले रोक्न सक्दैन : मन्त्री थापा
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
बढाएको कर घटाउने उपमहानगरपालिकाको सहमति
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
सिपिएल क्रिकेटः सन्दिप प्रतियाेगिताकाे सबैभन्दा किफायति बलर, यस्ताे छ तिन खेलमा उनकाे प्रदर्शन !
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
राष्ट्रियसभा बैठक : ‘समितिले छलफल गरेर ल्याएका प्रतिवेदनप्रति सरकार गम्भीर हुनुपर्ने’
यसकारण छन् सलमान दुःखी
यसकारण छन् सलमान दुःखी
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाए….
उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम
उदयपुर प्रहरी प्रमुखको परिचय तथा भेटघाट कार्यक्रम
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
मलाई समर्थन गरिदिएको भए शेरबहादुर देउवा नेपालको राजनेता : प्रचन्ड
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही
जथाभावी बीउ वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? यस्तो हुनेछ कारबाही

तपाईंले छुटाउनुभयो कि?