ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी , उपत्यका बाहिर पायाे २३ सिनेमा हल

सारांश

  • काठमाडाै, ५ भदाै ।
  • गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए ।
  • चार नेपाली चलचित्र प्रर्दशनमा आउँदा ब्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै ।

काठमाडाै, ५ भदाै । गत शुक्रबारबाट एकसाथ ४ नेपाली चलचित्र प्रर्दशनमा आए । चार नेपाली चलचित्र प्रर्दशनमा आउँदा ब्यापार र दर्शक बाढिने पक्का नै थियो र भयो पनि त्यस्तै । चलेका चार चलचित्र मध्य ब्यापारिक हिसाबले चलचित्र ‘मिस्टर भर्जिन’ अगाडी देखिएको छ । चलचित्र अगाबै यसले बनाएको हाइप , चलचित्र प्रर्दशनमा आउँदा सबै भन्दा बढी हल पाउनु र मल्टिप्लेक्समा उत्साहजनक ब्यापार गर्नुले सो कुरा को पुष्टी गर्छ ।

चलचित्रले दर्शकहरुबाट पाएको सकारात्मक प्रतिकृया कै कारण आजबाट उपत्यका बाहिर ‘मिस्टर भर्जिन’ले थप २३ हल पाएको छ । यस्तै काठमाडौंका मल्टिप्लेक्सहरुमा पनि थप शोहरु थपिएका छन् । चलचित्रलाई लिएर दर्शकहरुबाट राम्रो प्रतिकृया आइरहेकै कारण थप हलहरु बढेको र अझ आगमी दिनमा दर्शकको राम्रो उपस्थिती रहने बिश्वास रहेको निर्देशक बिशारद बस्नेतले बताए ।
चलचित्र ‘मिस्टर भर्जिन’ यौन मनोबिज्ञानमा आधारित पहिलो कमेडी चलचित्र हो ।

फरक विषय बस्तुमा रमाइलो चलचित्र हेर्न पाहियो भन्ने खालका प्रतिकृयाहरु दर्शकहरुबाट प्राप्त भईरहेको छ ।  वल्र्ड वाइड फिल्मस् डिस्ट्रिब्यूसनको ब्यानरमा निर्माण भएको चलचित्रमा गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिश्का पोख्रेल, भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती, टिका पुलामी मगर र हेम प्रसाद दवाडी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल
ज्येष्ठ नागरिकलाई उपचार पाउनै मुस्किल
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
आजको विदेशी विनिमय दर
आजको विदेशी विनिमय दर
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
भरतपुर महानगरले चौध निर्माण व्यवसायीलाई कारबाहीको तयारी गर्दै
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
बिहे गर्दा लाइफ ड्यामेज हुन्छ भन्ने बाबाले नै गरे बिहे
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
काठेपुलमा पनि करः प्रत्येक पटक हिँडेर पुल तर्दा १५ रुपैयाँको टिकट
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
साउन २८ गते बुधवारको राशिफल यस्तो छ
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल

तपाईंले छुटाउनुभयो कि?