कर्णालीमा जीप खस्यो, यसरी बचाए चालकले ज्यान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
कर्णालीमा जीप खस्यो, यसरी बचाए चालकले ज्यान

सारांश

  • काठमाडौं, २२ साउन ।
  • कैलालीको पहाडी क्षेत्र मोहन्यालको कर्णाली नदीमा जीप खसेको छ ।
  • मोहन्याल गाउँपालिका ७ को चिप्लेभीरबाट जीप कर्णाली नदीमा खसेको बताइएको छ ।

काठमाडौं, २२ साउन । कैलालीको पहाडी क्षेत्र मोहन्यालको कर्णाली नदीमा जीप खसेको छ । मोहन्याल गाउँपालिका ७ को चिप्लेभीरबाट जीप कर्णाली नदीमा खसेको बताइएको छ ।

चिप्लेभीरबाट से १ ज ९२९ नम्बरको जीप कर्णाली नदीमा खसेको प्रहरीले बताएको छ । कर्णाली चिसापानीबाट तीन किलोमिटर उत्तरतर्फ दुर्घटना भएको हो ।

चिसापानीबाट मोहन्याल जाँदै गरेको जीपका चालक देवीराम देवकोटाले हाम्फालेर आफ्नो ज्यान जोगाएका छन् । जीप सडकबाट झण्डै चार सय मिटर तल कर्णाली नदीमा खसेको ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रमुख नवराज शाहीले जानकारी दिए । जीपमा अन्य कोही यात्रु नरहेको शाहीको भनाइ छ । कर्णाली नदीमा खसेको जीप भने पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?