अवैध नेटवर्किङ संचालनमा एनआईसी एसिया बैैकका कर्मचारी पनि पक्राउ
सारांश
- अवैध नेटवर्किङ संचालन गरेको आरोपमा बैंकर्सदेखि चिकित्सकसम्म पक्राउ परेका छन् ।
- क्यूनेट नामक नेटवर्किङ कम्पनीमा संलग्न भएको आरोपमा एनआईसी एसिया बैंकका कर्मचारी सुमित मानन्धर, मनमाहेन अस्पतालमा कार्यरत डा.
- सिर्जना सिंह पक्राउ परेकी हुन् ।
अवैध नेटवर्किङ संचालन गरेको आरोपमा बैंकर्सदेखि चिकित्सकसम्म पक्राउ परेका छन् । क्यूनेट नामक नेटवर्किङ कम्पनीमा संलग्न भएको आरोपमा एनआईसी एसिया बैंकका कर्मचारी सुमित मानन्धर, मनमाहेन अस्पतालमा कार्यरत डा.सिर्जना सिंह पक्राउ परेकी हुन् । उनीहरुसहित १४ जनालाई सिआईबीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ । उनीहरुसहित एक सय २ जनालाई गत शनिबार केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको थियो । १४ जना नाइके भएको खुलेपछि उनीहरुविरुद्ध ठगी मुद्दामा कारबाही अघि बढाइएको सिआईबीले जनाएको छ । पक्राउ परेकामध्ये सुमित श्रेष्ठ र श्वेता बस्नेत प्रमुख हुन् । उनीहरु दुवै सिए हुन् । त्यस्तै सेभ त चिल्ड्रेनका कर्मचारी किरण जोशी पनि पक्राउ परको छन् । विगतमा गोल्डक्वेष्टमा आबद्ध व्यक्तिहरुले नै क्यूनेटका नाममा यस्तो धन्दा गरिरहेको सिआईबीले जनाएको छ । बिदेश भ्रमणको प्याकेजका नाममा पिरामीड शैलीको नेटवर्किङ धन्दा चलाइएको थियो ।
प्रतिक्रिया