तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
२२ पटक हेरिएको
Shares
तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा

सारांश

  • काठमाडौं – अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले ‘दादागिरी’ देखाएका छन् ।
  • उपभोक्तालाई असर पुग्ने गरी मंगलबार तरकारी तथा फलफूल किनबेच रोकेर व्यापारी हडतालमा उत्रिएका हुन्।
  • सरकारले अनुगमन गर्दा ‘धरपकड’ को बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले तरकारी तथा फलफूल आपूर्ति रोकेका छन् ।

काठमाडौं – अत्यावश्यक वस्तु तरकारी बिक्रीवितरणमा हडताल गरेर कालीमाटी तरकारी बजारका व्यापारीले ‘दादागिरी’ देखाएका छन् । उपभोक्तालाई असर पुग्ने गरी मंगलबार तरकारी तथा फलफूल किनबेच रोकेर व्यापारी हडतालमा उत्रिएका हुन्।

सरकारले अनुगमन गर्दा ‘धरपकड’ को बहाना बनाएर विरोधमा उत्रिएका व्यापारीले तरकारी तथा फलफूल आपूर्ति रोकेका छन् । बजार अनुगमनमा अवरोध र हुलहुज्जत गरेको आरोपमा प्रहरीले कालीमाटी फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भरत खतिवडालाई पक्राउ गरेपछि व्यापारी विरोधमा उत्रिएका हुन् । कालीमाटी बजारबाट दैनिक साढे छ सय टन तरकारी बिक्री हुँदै आएकोमा मंगलबार न्यून कारोबार भयो।

कालीमाटीबाट तरकारी कारोबार नभएपछि त्यसको असर उपत्यकाका अन्य बजारमा परेको छ । विगतको तुलनामा निकै कम आपूर्ति भएपछि उपभोक्ता महँगो मूल्य तिर्न बाध्य भएका छन् । व्यापारीले किसानसँग खरिद गरेभन्दा तीन गुणा बढी मूल्यमा तरकारी बेचेर उपभोक्ता ठगेको सरकारी अधिकारीको भनाइ छ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?