शिक्षा क्षेत्र सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १८, २०७४
|
|
२४ पटक हेरिएको
Shares
शिक्षा क्षेत्र सुधारको माग गर्दै विद्यार्थीद्वारा अनशन

सारांश

  • राजविराज, १८ असोज  ः शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।
  • सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।
  • बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताउनुभयो ।

राजविराज, १८ असोज  ः शिक्षा क्षेत्रको सुधारको माग गर्दै सप्तरीका बाल क्लबका विद्यार्थीले आजबाट राजविराजमा अनशन शुरु गरेका छन् ।

सप्तरीको राजविराजस्थित गजेन्द्र चौकमा लालिगुराँस बाल क्लबका बालबालिकाले १४ सूत्रीय माग राख्दै अनशन शुरु गरेका हुन् ।

बालबालिकाले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने, बन्द हडतालका बेला विद्यालयलाई बन्द गर्न नहुने, कक्षा १२ सम्मको रजिष्टे«शन फर्म, परीक्षा फर्म र प्राक्टिकल फर्म निःशुल्क उपलब्ध गराउनुपर्ने, सबै सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक उपलब्ध गराउनुपर्नेलगायतका १४ सूत्रीय माग राख्दै अनशन सुरु गरेको लालिगुराँस बाल क्लबका अध्यक्ष मोहमद जकाउल्लाहले बताउनुभयो ।

आफूहरुले पटकपटक विभिन्न आन्दोलनका कार्यक्रम गरेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेकाले बाध्य भएर आज पुनः अनशनमा बसेको उहाँले बताउनुभयो । सयाँैको संख्यामा रहेका बाल क्लबका बालबालिका तथा विद्यार्थीले विभिन्न प्लेकार्डसहित अनशन शुरु गरेका गरेका छन् ।
आफूहरुको मागप्रति ध्यान नदिए कडा आन्दोलनसमेत गर्ने उनीहरुले चेतावनी दिएका छन् ।

यता सप्तरीका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले लालिगुराँस बाल क्लबका बालबालिकाले गरेको अनशनको विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

बाल क्लबका बालबालिकाले गत असारमा पनि चार दिन रिले अनशन गरेका थिए ।

जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले शिक्षा कार्यालयको तर्फबाट उनीहरुको माग सम्बोधनका लागि पहल गरिसकेको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?