प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
प्रकाण्डका छोरा विरेन्द्र ले फेरी सर्वोच्च अदालतमा रिट दायर गरे

सारांश

  • काठमाडौ ८, भदौ।
  • सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै फेरि पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ।
  • यसअघि नै अदालतमा उनीविरुद्ध आगजनी मुद्दा दायर भएको थियो।

काठमाडौ ८, भदौ। सर्वाेच्च अदालतको आदेशमा छुटेलगत्तै फेरि पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’लाई जिल्ला अदालत नुवाकोटमा पेश गरिएको छ।

यसअघि नै अदालतमा उनीविरुद्ध आगजनी मुद्दा दायर भएको थियो। विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई प्रहरीले गैर कानुनी हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा फेरि बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको छ। यस अघि सर्वोच्चले प्रकाण्डका विषयमा दुई पटकसम्म बन्दीप्रत्यक्षीकरणको रिट जारी गरिसकेको छ। तर प्रहरीले सर्वोच्चले छोड्ने वित्तिकै उनलाई समाइरहेको छ।

सो आगजनी मुद्दामा १६ जनालाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको थियो। जसमा सो पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’लाई समेत अदालतले वारेन्ट जारी गरीसकेको छ। विप्लवलाई अन्य भोजपुर लगायत अन्य जिल्लाबाट समेत वारेन्ट जारी भएको छ।

यसअघि काभ्रेको क्रसरमा आगजनी गरेको मुद्दा काभ्रेमा चलिरहेको अवस्थामा सर्वाेच्चले बिहीबार प्रकाण्ड’लाई छाड्न आदेश दिएको थियो। उनको पक्राउ मुलुकी संहिताको प्रावधानअनुसार नभएको भन्दै छाड्न आदेश दिइएको थियो। सर्वाेच्च अदालतबाट निस्किएलगत्तै उनी फेरि पक्राउ परेका थिए।

फरक फरक अभियोग लगाउँदै उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शुक्रबार विश्वकर्माका छोरा विरेन्द्र विश्वकर्माले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। उनलाई विहिबार पक्राउ गरेर प्रहरीले शुक्रबार नुवाकोट लगेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र दिवसमा ४ सय ३४ कैदीलाई माफी दिइदै
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
धनुषाधाम नगरपालिकामा कांग्रेस विजयी
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…
बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि…
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओली र देउवाबीच छलफल, संसदको नियमावलीमा सहमति गर्न आग्रह
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
प्रधानमन्त्री ओलीद्वारा महान्यायाधिवक्ताको कार्यालयको नयाँ भवन उद्घाटन
बाजेको सकुवाको शिलबन्दी तोडियाे
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
ललिता निवास प्रकरणका आरोपीमाथि सङ्गठित अपराधको पनि कसुर जोडियो
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
जनताका गुनासा प्रत्यक्ष सुन्न गृहकाे हटलाइन अाजैदेखि सुरू
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् ?
महन्थ ठाकुर प्रधानमन्त्री बन्लान् ?

तपाईंले छुटाउनुभयो कि?