त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
६१ पटक हेरिएको
Shares
त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस

सारांश

  • विराटनगर ९ ,भदौ।
  • सप्तरीको राजविराजस्थित त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस मा स्नातक तर्फ मानविकी(बिए) तथा कानुन तर्फ स्नातकोत्तर तह( एलएलएम)को पठन–पाठन सञ्चालन गर्नका लागी तयारी सुरु भएको छ।
  • ६२औं क्याम्पस दिवसका अवसरमा क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले पहल भइरहेको र चाँडै  शिक्षा संकायलाई सञ्चालनका लागि पनि त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरिने बताए।

विराटनगर ९ ,भदौ। सप्तरीको राजविराजस्थित त्रिविभन्दा पनि जेठो क्याम्पस महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस मा स्नातक तर्फ मानविकी(बिए) तथा कानुन तर्फ स्नातकोत्तर तह( एलएलएम)को पठन–पाठन सञ्चालन गर्नका लागी तयारी सुरु भएको छ।

६२औं क्याम्पस दिवसका अवसरमा क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले पहल भइरहेको र चाँडै  शिक्षा संकायलाई सञ्चालनका लागि पनि त्रिभुवन विश्वविद्यालयसँग अनुरोध गरिने बताए।

त्रिविभन्दा पनि जेठो क्याम्पस भएर पनि क्याम्पसमा सुधार गर्नुपर्ने पक्ष धेरै रहेको बताउँदै मिश्रले क्यापसको कभर्ड हल,कन्फ्रेन्स हलको काम आव २०७५-०७६ भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइने, क्याम्पस भवनको मर्मत सम्भार गरिने, शिक्षक र कर्मचारी आवास गृहको वरीपरी पर्खाल निर्माण गरिने, ३५ हजार ५ सय ३४ पुस्तक रहेको पुस्तकालयलाई व्यवस्थित गरीने बताए।

भारतीय दूतावासको सहयोगमा निर्माणाधिन अधुरो कन्या छात्रावास भवन क्याम्पसलाई हस्तान्तरण गर्न पनि उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए।शिक्षाप्रेमी विन्देश्वरी प्रसाद यादवको सहयोगमा २०१४ सालमा क्याम्पस स्थापना भएको हो। क्याम्पस स्थापनाका लागि लागि यादवले तत्कालीन समयमै १ सय १७ विघा १७ कठ्ठा ६ धुर जग्गा र १० हजार रुपैयाँ नगद सहयोग गरेका थिए। भारतको पटना विश्वविद्यालयबाट स्वीकृति लिएर स्थापित क्याम्पसलाई त्यसको केही समयपछि नै नेपाल सरकारको शिक्षा मन्त्रालयले प्रविणता प्रमाणपत्र तह(आइए) को पठनपाठनको स्विकृति प्रदान गरेको थियो।

हाल मानविकी, कानुन, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको अध्ययन/अध्यापन भइरहेको सो क्याम्पसमा विभिन्न संकाय गरी कुल १ हजार ७  सयको हाराहारीमा  विद्यार्थीहरु  अध्ययनरत छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग
विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
‘करोडपति’ छायांकन गर्न राजपाल यादव नेपालमा, आर्यन र नीताको जोडी पर्दामा
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
सन्दीप लामिछानेलाई थुनामा राख्न अदालतको आदेश
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
प्राधिकरणका तीन सञ्चालकलाई हटाउने उर्जा मन्त्रालयको निर्णयलाई सर्वोच्च अदालतको सदर
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
गगन थापालाई लक्षित गरी बम विष्फोट गराउने विप्लव समूहका ६ जना पक्राउ
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
ग्वार्कोबाट हराएको गाडी गोंगबुमा भेटिएपछि…
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
विद्युत सर्ट भई आगलागी, बालकको मृत्यु
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
‘क्यालिब्रेसन’बिनै १८०० ट्यांकरबाट ढुवानी
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा
नयाँ वर्षमा इतिहासमै पहिलोपटक सुनसान पोखरा