विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
१६ पटक हेरिएको
Shares
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष

सारांश

  • काठमाडौं, माघ २३ ।
  • भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताका लागि फेरि भारतको शरणमा पर्न थालेका छन्।
  • भारतसँगको निर्भरता तोडेर अगाडि बढ्नुपर्ने भन्दै भाषण गर्दै आएका ओली पछिल्लो समय भारतसँग लम्पसार पर्न थालेपछि उनको आलोचना हुन थालेको छ।

काठमाडौं, माघ २३ । भारतको विरोध गरेर राष्ट्रवादी कहलिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताका लागि फेरि भारतको शरणमा पर्न थालेका छन्।

भारतसँगको निर्भरता तोडेर अगाडि बढ्नुपर्ने भन्दै भाषण गर्दै आएका ओली पछिल्लो समय भारतसँग लम्पसार पर्न थालेपछि उनको आलोचना हुन थालेको छ। खासगरी आफैले बनाएको कुटनीतिक आचारसंहिता मिचेर नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग होटलमा भेट गर्न नेताको लर्काे लिएर पुगेपछि उनको आलोचना बढेको हो । अझै पनि उनको आलोचनाको क्रममा रोकिएको छैन् ।

यसैक्रममा सोमबार नेत्रविक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य नेतृत्वको माओवादीले नेताहरु भारतसँग लम्पसार पर्न सुरु गरेको टिप्पणी गरेका छन्।

यो भ्रमणले एकातिर नेपालमा भारतीय हस्तक्षेप बढेको संकेत गरेको र अर्कोतिर नेपालमा सबै दल र तिनका शीर्ष नेताहरु लम्पसार परेर भारतप्रति आत्मसमर्पण गर्न पुगेको दुई पार्टीले बताएका छन् । भारतले नेपालमाथि लगाएको नाकाबन्दीका बेला राष्ट्रियताको पक्षमा अडान लिएको भन्दै जनतामाझ आफ्नो छुट्टै पहिचान स्थापित गर्न खोजेका एमाले अध्यक्ष केपी ओली पछिल्लो समय झनै सबैभन्दा अगाडि बढेर भारत सामु झुकेको दुई पार्टीले बताएका छन् ।

ओली आफ्नो नेतृत्वमा सरकार बनाउन भारत गुहार्न पुगेको यी घटनाबाट प्रष्ट भएको निष्कर्ष दुई पार्टीले निकालेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बताए । उनले ओलीको राष्ट्रवाद खोक्रो र मौसमी रहेको यो घटनाले प्रष्ट पारेको बताए । ओलीमा सत्ता र शक्तिभन्दा देशको माया धेरै तल देखिएको उनको भनाई छ ।

प्रवक्ता प्रकाण्डले अब नेपालमा बढ्दै गएको भारतीय हस्तक्षेप र नेपालका संसदवादी नेताहरुको आत्मसमर्पणवादी चरित्रका विरुद्ध अब संघर्ष गर्ने बताए । उनले अब नेपालमा भारतीय डिजाइनमा विभिन्न राजनैतिक परिघटनाहरु बढ्दै जाने र त्यसले देशको अस्तित्वमा संकटमा पर्नेतिर गएको भन्दै यसप्रति सचेत हुन आम जनतालाई आग्रह पनि गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Sarmila Rai

    Yo nirnaya janta ho kati bharatko dadagiri Nepalma chalx tesyako birud bai janta ea hunuparx

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?