विदेशमा खेल्न जान पाउनु पर्ने सन्दीप लामिछानेको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
विदेशमा खेल्न जान पाउनु पर्ने  सन्दीप लामिछानेको माग

सारांश

  • काठमाडौं ।
  • एक किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएक छन् ।
  • नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छोडे पनि विदेश जान प्रतिवन्ध लगाएपछि त्यसका विरुद्ध सन्दीपले सर्वोच्च अदालत गुहार्न लागेका हुन् ।

काठमाडौं । एक किशोरीमाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछाने सर्वोच्च अदालत जाने भएक छन् । नाबालिग किशोरीमाथि बलात्कारको आरोप लागेका लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पनि उच्च अदालत पाटनले २० लाख धरौटीमा छोडे पनि विदेश जान प्रतिवन्ध लगाएपछि त्यसका विरुद्ध सन्दीपले सर्वोच्च अदालत गुहार्न लागेका हुन् ।

अदालतले लगाएको प्रतिबन्धका कारण लामिछानेले संयुक्त अरब एमिरेट्स (यूएई) मा हुने आगामी शृङ्खलामा सहभागी हुन नपाउने अवस्था छ ।

सन्दीपलाई गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्न आदेश दिएको थियो । नाबालिग बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट थुनामै बस्नुपर्ने गरी भएको थुनछेक आदेशविरुद्ध लामिछाने उच्च अदालत पाटनमा रिट निवेदन लिएर पुगेका थिए ।

अदालतले दिएको आदेशमा सन्दीपलाई नेपाल छाड्न प्रतिबन्ध लगाइएको छ भने जाहेरवालीको परिवारलाई भेट्न, धम्की दिन वा प्रभावमा पार्न निषेध गरिएको छ । त्यसै गरी मुद्दाको सम्बन्धमा सामाजिक सञ्जाल लगायतमा लेख्न प्रतिबन्ध लगाइएको छ भने उपत्यका छाड्नुपरेमा काठमाडौँ प्रहरीलाई जानकारी गराई स्वीकृति लिनुपर्ने शर्त दिइएको छ ।

त्यसैगरी, सन्दीपको मोबाइल डिभाइसबाट फोन कल, म्यासेज वा लोकेशनको निरन्तर निगरानी गर्न भनिएको छ । सर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत पुनः पक्राउ गरी थुनामा राख्न सक्ने अदालतको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?
जानकी मन्दिरमा के लेखे भारतीय प्रधानमन्त्री मोदीले ?
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
च्याउ खोज्न जांदा बाबुको ज्यान गयो, चार छोराको बिचल्ली, सहयोगको अपिल
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
विश्वकप क्रिकेट छनोटमा नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
नेकपा सचिवालयलाई गगनको आग्रह अति भयो तमसा, काम गर्ने सरकार दिनुहोस
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
प्रधानमन्त्री ओलीलाई देउवाको प्रश्न : बाँस्कोटामाथि छानबिन किन ढिलाई ? हामीभित्र को-को पर्छ ? (भिडियोसहित)
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
एकवर्षे कार्यकाल उपलव्धिमूलक रहेको मुख्यमन्त्री जम्कट्टेलको दाबी
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
रुकुममा विप्लव समूह  परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
रुकुममा विप्लव समूह परित्याग गरी माओवादी केन्द्रमा प्रवेश
पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
पाकिस्तान श्रीलंका कूटनीति छलफलमा
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव

तपाईंले छुटाउनुभयो कि?