लागूऔषध सहित वीरगञ्जमा २ युवा पक्राउ
सारांश
- बीरगंज ९,भदौ।
- प्रतिबन्धित लागूऔषध सहित वीरगञ्ज महानगरपालिका -१६ को भन्सारको मूलगेट बाट शसत्र प्रहरी ना.
- नी.
बीरगंज ९,भदौ। प्रतिबन्धित लागूऔषध सहित वीरगञ्ज महानगरपालिका -१६ को भन्सारको मूलगेट बाट शसत्र प्रहरी ना.नी.वृष ब.शाही को कमाण्ड मा खटीएको टोलीले आज बिहानको ९ बजेको समयमा चेकजाँच गर्ने क्रममा २ जना युवा लाई लागूऔषध ३० एम्पुल डाईजेपाम, ३० एम्पुल फेनारगन,र ३० एम्पुल नर्फिन लागूऔषध सहित पक्राउ गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।
आज पक्राउ पर्नेमा पर्सा-८ घर भई हाल काठमाडौ कालिमाटी बस्ने बर्ष २७ को सोम बहादुर श्रेष्ठ र सोहि ठाउँ बस्ने बर्ष २७ कै कृष्ण मगर रहेका छन।उनीहरुको साथ बाट बा.८५.प.९७३२ नम्बरको पल्सर मोटरसाइकल समेद बरामद गरिएको खडकाले जानकारी दिए।उनीहरु लाई आवश्यक कारबाही को लागि प्रहरी लाई बुझाईएको छ।
साथै भारत को रक्सैाल बाट ना.१.ह.५७३९ नम्बरको ई-रिक्सा को सिटमुनी भन्सार छली पैठारी गरी ल्याउदै गरेको अवस्थामा ८० हजार बराबरको कपडा समेत बरामद गरीएको सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ई-रिक्सा र बरामद गरीएको समान हरु आवश्यक कारबाही को लागि बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ।
प्रतिक्रिया