बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
४३ पटक हेरिएको
Shares
बिस्केट जात्रालाई शान्तिपूर्ण बनाइने

सारांश

  • भक्तपुर, १८ चैत, नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।
  • आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ ।
  • जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले आवश्यक समन्वय गर्दै आवश्यक तयारी गर्न सहमत भएका छन् ।

भक्तपुर, १८ चैत, नयाँ वर्षको आगमनसँगै भक्तपुरमा नौ दिनसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध बिस्केट जात्राको तयारी तीव्र रुपमा अगाडि बढेको छ ।

आगामी २७ गतेदेखि साँझ भैरवको रथ तानेर शुरु भई वैशाख ५ गते साँझ पुनः भैरवकै रथ तानेर सम्पन्न हुने जात्राका लागि आवश्यक पर्ने भैरव र भद्रकालीको रथ निर्माण कार्य शुरु भएको छ । जात्रालाई शान्तिपूर्ण र व्यवस्थित रुपमा सम्पन्न गर्न नगरपालिका, प्रहरी, प्रशासन र सरोकारवालाले आवश्यक समन्वय गर्दै आवश्यक तयारी गर्न सहमत भएका छन् ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको बिस्केट जात्रा मर्यादित, शान्तिपूर्ण र अनुशासित रुपमा सम्पन्न गर्न सबै निकायको प्रभावकारी भूमिका आवश्यक रहेको बताउनुभयो ।

उहाँले बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नगरपालिकाले आवश्यक भूमिका खेल्ने बताउँदै जात्रामा भएका विकृतिलाई हटाउँदै संस्कृतिलाई अगाडि लान स्थानीय बासिन्दाले सक्रिय हुनुपर्ने औँल्याउनुभयो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बिस्केट जात्राको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै जात्रालाई शान्तिपूर्ण बनाउन सम्बन्धित सरोकारवालाले आ–आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले विगतका वर्षमा भएका कमजोरीलाई समीक्षा गर्दै आवश्यक सुरक्षा व्यवस्था मजबुत बनाउने बताउनुभयो ।

गुठी संस्थान भक्तपुरका प्रमुख हरि सुवेदीले विगतका दिनमा देखिएका कमी–कमजोरी कसैले पनि दोह¥याउन नहुनेमा सचेत रहनुपर्ने आँैल्याउँदै गुठी संस्थानले व्यवस्थापकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले, विद्युत् प्राधिकरण भक्तपुरका कार्यालय प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, नेपाल टेलिकम भक्तपुरका कार्यालय प्रमुख वीरेन्द्र श्रेष्ठ, स्थानीय अगुवा अनन्त धौभडेललगायतले गुठी संस्थान र भैरव नाइकेले पूजा समयमै सम्पन्न गरी जात्रा समयमै शुरु गर्न सके जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मद्दत पुग्ने बताउनुभयो ।

बिस्केट जात्रा शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नपाका प्रमुख प्रजापतिको संयोजकत्वमा ११ जनाको विशेष कार्यदल गठन गर्ने, भक्तपुर नपाले माइकिङ, सूचना प्रवाह, पर्चा पम्प्लेट प्रकाशित गर्ने र नगरवासीलाई विभिन्न गतिविधिमार्फत् शान्तिपूर्ण रुपमा जात्रा सञ्चालन गर्न आग्रह गर्ने, नगरभरि जात्रा सञ्चालन गर्ने क्षेत्रमा सरसफाइ गर्ने सहमति भएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय तथा मातहतका सम्पूर्ण सुरक्षा निकायले जात्रा अवधिभर सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन लागि पर्ने, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समितिलगायत सम्बिधत संस्थाले समयमै शान्तिपूर्ण र व्यवस्थित रुपमा जात्रा सञ्चालन गर्न आवश्यक तयारी गर्ने, नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क तथा इन्टरनेट सेवा प्रदायक संस्थाले जात्रा सञ्चालन हुने क्षेत्रमा आ–आफ्ना तार तथा लठ्ठा व्यवस्थित गर्ने र भक्तपुर नपाका जनप्रतिनिधि, सुरक्षा निकाय, विभिन्न सङ्घ–संस्थाका प्रतिनिधि, विद्यालय कलेज तथा स्थानीय जनताको व्यापक सहभागितामा ¥याली तथा सभा गर्ने भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाई दूतावासमा ठगी गरेर फरार भएका दुई महिला पक्राउ
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
कान्तिपुर दैनिकका पत्रकार कैनीमाथि हातपात : महासंघले गर्यो भत्र्सना
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारिस
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
मतपरिणाम चमत्कार हो, कांग्रेस कि सुध्रिन्छ कि सिद्धिन्छ -खगेन्द्र संग्रौला
प्रतिनिधिसभा बैठक स्थगित !
प्रतिनिधिसभा बैठक स्थगित !
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ  : प्रधानमन्त्री दाहाल
खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री दाहाल
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
देजमोका उम्मेदवारहरुलाई जनताद्धारा भव्य स्वागत ,हेर्नुहोस् यसरी हल्लीयो गठवन्धनका किल्लाहरु
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
अनिल झा भन्छन् : पैसा हुनेले पैसा बाँड्छन्, हामीसँग शहीदमात्र छन्
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा  बामगठबन्धनले
यसरी शक्ति प्रदर्शन गर्दैछन् राजधानीमा बामगठबन्धनले
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?
एक दर्जन बैंकको नाफा ३३ अर्ब ६७ करोडभन्दा बढी, कुन बैंकले कति कमाए ?