दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
दक्षिण अफ्रिकासँगको टी–२० सिरिजका लागि भारतीय टिमको घोषणा

सारांश

  • एजेन्सी ।
  • भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ ।
  • घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अटाउन सकेनन् ।

एजेन्सी । भारतले घरेलु मैदानमा दक्षिण अफ्रिकासँग हुने तीन टि२० सिरिजको लागि टोली घोषणा गरेको छ । घोषणा गरेको टोलीमा सर्वाधिक अनुभवी विकेटकीपर महेन्द्र सिंह धोनी अटाउन सकेनन् ।

भारतले एक महिना अघि वेस्ट इन्डिजसँगको समान तिन टि२० र वान डे सिरिजमा पनि धोनीलाई टोली बाहिर राखेको थियो । तीव्र गतिका बलर भुवनेश्वर कुमार पनि टोलीमा छैनन् । अलराउन्डर हार्दिक पान्ड्याले टोलीमा पुनरागमन गरेका छन् । भारतले दक्षिण अफ्रिकासँग पहिलो टि२० सेप्टेम्बर १५ धर्मशालामा खेल्ने छ ।

सेप्टेम्बर १८ मा मोहाली र सेप्टेम्बर २२ मा बेंग्लोरमा खेल्ने छ । भारतसँगको टि२० सिरिजको लागि दक्षिण अफ्रिकाले क्विन्टन डी ककको कप्तानीमा यस अघिनै आफ्नो टोली घोषणा गरि सकेको छ ।

भारतको टि२० टोली:

विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, शिखर धवन, श्रेयस ऐर, मनिष पान्डे, ऋषभ पन्त (विकेटकीपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, क्रुनाल पान्ड्या, वाशिंगटन सुन्दर, राहुल चाहर, खलील अहमद, दिपक चाहर र नवदीप सैनी

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?