पुलिसकाे अाँखामा खुर्सानि हालेर हत्यारा भगाएपछि…

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पुलिसकाे अाँखामा खुर्सानि हालेर हत्यारा भगाएपछि…

सारांश

  • भोपाल।
  • भारतको भोपालमा गएराती निकै फिल्मी शैलीमा हत्याको आरोपीलाई फरार गराइएको छ ।
  • भोपाल जेलबाट अदालतमा पेशीको लागि भिंड अदालत ल्याइएका हत्या आरोपी भीम यादवलाई उनका भाइले साथीहरुसँग मिलेर भगाएका हुन् ।

भोपाल। भारतको भोपालमा गएराती निकै फिल्मी शैलीमा हत्याको आरोपीलाई फरार गराइएको छ । भोपाल जेलबाट अदालतमा पेशीको लागि भिंड अदालत ल्याइएका हत्या आरोपी भीम यादवलाई उनका भाइले साथीहरुसँग मिलेर भगाएका हुन् । दुई गाडीमा सवार भएर आएका उनीहरुले पुलिसको आँखामा धुलो खुर्सानी हालिदिएर पुलिसकर्मीलाई निर्घात कुटपिट गरे ।

हत्याको आरोपीलाई हिरासतबाट छुटाएपछि उनीहरुले पुलिसको २ वटा इन्सास राइफल लुटे र एक पुलिस जवानलाईसमेत अपहरण गरेर लिएर गए । घटना शुक्रबार राती ८ बजे ग्वालियरको महाराजपुर थानाबाट करिब ३ किलोमिटर टाढा लक्ष्मणगढको पुलमा भएको भारतीय मिडिया दैनिक भास्करले अनलाइनमा लेखेको छ । 

ग्वालियर पुलिसले आक्रमणकारी र फरार अभियुक्तलाई पक्राउ गर्न शहर तथा उत्तर प्रदेश, राजस्थानको सीमामा नाकाबन्दी गरेको छ । आरोपी भीम यादवलाई ३० सेप्टेम्बरमा ग्वालियर जेलबाट भोपाल जेल सारिएको थियो । शुक्रबार बिहान हवलदार मायारामको नेतृत्वमा ३ सिपाही प्रमोद यादव, विवेक शर्मा र हकीम खानको टोलीले भीम यादवलाई लिएर ट्रेनमा भोपालबाट ग्वालियर आएका थिए । यहाँबाट सडकमार्गबाट उनीहरुले आरोपीलाई भिंड अदालतमा पेशीको लागि लिएर गएका थिए । पेशीपछि साँझ उनीहरु ग्वालियर फर्किंदै थिए । यसका लागि उनीहरुले भाडामा गाडी लिएका थिए ।

ग्वालियरबाट उनीहरु ट्रेनमा भोपाल जानेवाला थिए । राती करिब ८ बजे लक्ष्मणगढ पुल नजिकै ड्राइभरले शौचको बहानामा गाडी रोके । त्यही बेला दुई गाडीमा १२ जनाभन्दा बढी हतियारधाी गुण्डाहरु त्यहाँ आए । ती गुण्डाहरुमध्ये भीम यादवका भाइ देवेन्द्र सिंह पनि थिए । उनीहरुले पुलिसकर्मीको आँखामा खुर्सानी हालेर निर्घात कुटपिट गरे । २ राइफल लुटे र प्रमोद यादवलाई अपहरण गरेर लिएर गए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?