कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कञ्चनपुर घटनाका सबै दोषीलाई कारबाही हुन्छ : प्रम ओली

सारांश

  • काठमाडौं, ९ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
  • घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

काठमाडौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भीर रुपमा लिएकोले छानविन समिति गठन गरेर काम अघि बढाएको बताए । “यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भीर छ” प्रधानमन्त्री ओलीले भने, “यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।”

घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए । “बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।” प्रधानमन्त्री ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह पनि गरे ।

नेकपाका स्थायी समिति सदस्य भीम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Sagar Dura

    Jiwan vari jel hali deu sarkar

    Comment Author

    Laxuman Khadka

    Manxa marapaxi xanbin hunxa

    Comment Author

    Maniram Pradhananga

    Yati garauna sthaniya janatale jibann gumaunegari aandolan garnu parne rahecha hamro desma!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?