अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
४६ पटक हेरिएको
Shares
अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था खोलिँदैनः योगेशकुमार भट्टराई

सारांश

  • काठमाडौँ, ११ भदौ  ।
  • नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका छन् ।
  • शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गरेकाले राज्यले त्यसको दायित्व लिनुपर्नेमा जोड दिए ।

काठमाडौँ, ११ भदौ  । नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटीका सदस्य योगेशकुमार भट्टराईले अब शिक्षा र स्वास्थ्य क्षेत्रमा नयाँ संस्था नखोलिने बताएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” का सम्बन्धमा आयोजित छलफल कार्यक्रममा प्रतिनिधिसभाका सदस्यसमेत रहनुभएका भट्टराईले समाजवादोन्मुख संविधानले शिक्षा र स्वास्थ्यलाई मौलिक हकमा समावेश गरेकाले राज्यले त्यसको दायित्व लिनुपर्नेमा जोड दिए । नेता भट्टराईले भने, “शिक्षा र स्वास्थ्य क्षेत्रका निजी लगानीलाई सधैँ छाडा छोड्न हुँदैन, हाल सञ्चालित रहेकाहरुले आफ्नो बन्दोबस्त गर्दा हुन्छ, अब नयाँ निजी विद्यालय र अस्पताल खोल्न दिनु हुँदैन ।”

उनले हालका निजी विद्यालय र अस्पताललाई सार्वजनिक निजी साझेदारी, सहकारी, ट्रष्टको ढाँचा हुँदै क्रमशः राज्यको लगानीको मातहतमा ल्याउन नेकपा र सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे ।
नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले संविधानको मौलिक हकको कार्यान्वयनका कानून बनाउन ढिलाइ भएकाले आगामी असोज २ गतेभित्र “निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था बनेको विधेयक, २०७५” पारित गरिसक्नुपर्ने भएकाले पर्याप्त छलफल हुन नपाएको बताए ।
उनले भने, “शिक्षामा निजी क्षेत्रको भूमिका क्रमशः घटाउनुपर्छ । उनीहरुलाई सेवामूलक बनाउनुपर्छ र सार्वजनिक शिक्षामा भर्ना गराउने प्रवृत्ति बढाउनुपर्छ ।”

नेकपाका सांसद् मनकुमारी जिसीले समतामूलक शिक्षाको विकासका लागि प्रस्तुत विधेयकलाई आवश्यक परिमार्जन गर्न आफूहरु तयार रहेको बताए । कार्यक्रममा सहभागी विज्ञ एवं सरोकार भएकाहरुले विधेयकमा निःशुल्क र अनिवार्य शिक्षाको स्पष्ट व्याख्या नगरिएको, लगानी वृद्धिको सुनिश्चितता नगरिएको र निजी शिक्षालयलाई पूर्ववत् व्यवसायीकरणका लागि छुट दिइएको भन्दै त्यसमा संशोधन गर्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?