राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
राष्ट्रियसभाका समितिको सभापतिका लागि मनोनयन आज, कांग्रेस निर्णयविहीन

सारांश

  • काठमाडौ, १२ भदौ ।
  • राष्ट्रियसभाका विषयगत समितिहरुको सभापति चयन आज हुँदैछ ।
  • राष्ट्रियसभाका चार समितिको भोलि हुने सभापति चुनावका लागि संघीय संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्न सूचना प्रकाशित गरेको छ ।

काठमाडौ, १२ भदौ । राष्ट्रियसभाका विषयगत समितिहरुको सभापति चयन आज हुँदैछ । राष्ट्रियसभाका चार समितिको भोलि हुने सभापति चुनावका लागि संघीय संसद सचिवालयले दिउँसो ४ बजेसम्म मनोनयन गर्न सूचना प्रकाशित गरेको छ ।

मनोनयनका लागि राष्ट्रियसभाका १ सांसदले समर्थन र अर्को १ सांसदले प्रस्ताव गर्नुपर्नेछ । राष्ट्रियसभामा दिगो विकास तथा सुशासन, विधायन व्यवस्थापन, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

सबै समितिमा आफ्नो बहुमत भएकाले चारवटै समितिको सभापति आफैंले लिने तयारी नेकपाको छ । अनौपचारिक रुपमा नेकपाले समितिको सभापति टुंगो लगाइसकेको बताइएको छ । दिगो विकास तथा सुशासन समितिमा भैरवसुन्दर श्रेष्ठ, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापालाई सभापति बनाउने तयारी भएको छ ।

प्रतिपक्षी कांग्रेस भने अझै निर्णयविहीन छ । राष्ट्रियसभामा कांग्रेस सचेतक सरिता प्रसाईंले समितिको सभापतिमा उम्मेदवारीबारे पार्टीले बिहान १० बजेसम्म कुनै निर्णय नगरेको बताएकी छन् ।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?